भक्तपुरमा माओवादी केन्द्रको नगर सम्मेलन सकियो

भक्तपुर जिल्लाको सबै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) को अधिवेशन सकिएको छ । माओवादी केन्द्रका जिल्ला कमिटी अध्यक्ष देवीप्रसाद (डीपी) ढकालका अनुसार शुक्रबारबाट सबै नगर कमिटीको बन्दसत्र सकिएको हो ।
सबै नगर कमिटीमा ६५ सदस्यीय कार्य समिति चयन गरिएको छ ।
जसमा चाँगुनारायण नगर कमिटीका अध्यक्षमा नरेश खड्का, उपाध्यक्षमा रामकुमार तामाङ, विनोद लामिछाने, सुमन दाहाल, सचिवमा चण्डिका लामिछाने, सहसचिवमा श्याम श्रेष्ठ र कोषाध्यक्षमा जगन्नाथ खत्री चयन भएका छन् ।
भक्तपुर नगर कमिटीको अध्यक्षमा राकेश सुवाल, उपाध्यक्षमा राजेश्वरी शिल्पकार, श्रीराम सुवाल, नारायण त्वयना, सचिवमा कृष्णप्रसाद ह्याङ्गो सहसचिवमा विकाश कोजु र कोषाध्यक्षमा कृष्णमान वनमाला सर्वसहमत चयन भएका छन् ।
जिल्ला कमिटीका अध्यक्ष ढकालकाअनुसार सूर्यविनायक नगर कमिटीको अध्यक्षमा सानुकान्छा आलेमगर,उपाध्यक्षमा जोवन तामाङ, राजेन्द्र कार्की, जुजुभाई राजथला, सचिवमा सनिश लागेजु, सहसचिवमा नरेश वाइवा, कोषाध्यक्षमा मिना कार्की रहेका छन् ।
त्यसगरि मध्यपुरथिमि नगर कमिटीको अध्यक्षमा बिजयकृष्ण श्रेष्ठ, उपाध्यक्षमा राजन आलेमगर, भरत धोँ, विकेश श्रेष्ठ सचिवमा शिव श्रेष्ठ, सहसचिवमा कृष्णमान प्रजापति, कोषाध्यक्षमा जगतमाया प्रजापति चयन भए ।
पार्टीको विधानअनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्षसहित ६५ जनाको कार्य समिति गठन गरिएको ढकालले बताए । मंसिर २५ गते प्रदेशको सम्मलेन र पुष ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मलेन गर्ने माओवादी केन्द्रको तयारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीको मानसिक सन्तुलनका लागि ‘ग्याजेट नीति’ लागू
-
सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
-
इरान - इजरायल युद्धमा सहभागी हुन खोज्दैछन् ट्रम्प
-
शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने दलहरूको प्रतिबद्धता पूरा नहुने निश्चित
-
महावाणिज्य दूतावासको आयोजनामा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया
-
समाजवादी मोर्चा गठन दुई वर्ष पूरा, औचित्यमाथि प्रश्न