भक्तपुरमा माओवादी केन्द्रको नगर सम्मेलन सकियो
भक्तपुर जिल्लाको सबै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) को अधिवेशन सकिएको छ । माओवादी केन्द्रका जिल्ला कमिटी अध्यक्ष देवीप्रसाद (डीपी) ढकालका अनुसार शुक्रबारबाट सबै नगर कमिटीको बन्दसत्र सकिएको हो ।
सबै नगर कमिटीमा ६५ सदस्यीय कार्य समिति चयन गरिएको छ ।
जसमा चाँगुनारायण नगर कमिटीका अध्यक्षमा नरेश खड्का, उपाध्यक्षमा रामकुमार तामाङ, विनोद लामिछाने, सुमन दाहाल, सचिवमा चण्डिका लामिछाने, सहसचिवमा श्याम श्रेष्ठ र कोषाध्यक्षमा जगन्नाथ खत्री चयन भएका छन् ।
भक्तपुर नगर कमिटीको अध्यक्षमा राकेश सुवाल, उपाध्यक्षमा राजेश्वरी शिल्पकार, श्रीराम सुवाल, नारायण त्वयना, सचिवमा कृष्णप्रसाद ह्याङ्गो सहसचिवमा विकाश कोजु र कोषाध्यक्षमा कृष्णमान वनमाला सर्वसहमत चयन भएका छन् ।

जिल्ला कमिटीका अध्यक्ष ढकालकाअनुसार सूर्यविनायक नगर कमिटीको अध्यक्षमा सानुकान्छा आलेमगर,उपाध्यक्षमा जोवन तामाङ, राजेन्द्र कार्की, जुजुभाई राजथला, सचिवमा सनिश लागेजु, सहसचिवमा नरेश वाइवा, कोषाध्यक्षमा मिना कार्की रहेका छन् ।
त्यसगरि मध्यपुरथिमि नगर कमिटीको अध्यक्षमा बिजयकृष्ण श्रेष्ठ, उपाध्यक्षमा राजन आलेमगर, भरत धोँ, विकेश श्रेष्ठ सचिवमा शिव श्रेष्ठ, सहसचिवमा कृष्णमान प्रजापति, कोषाध्यक्षमा जगतमाया प्रजापति चयन भए ।
पार्टीको विधानअनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्षसहित ६५ जनाको कार्य समिति गठन गरिएको ढकालले बताए । मंसिर २५ गते प्रदेशको सम्मलेन र पुष ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मलेन गर्ने माओवादी केन्द्रको तयारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण