बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

जसले जुम मिटिङमार्फत एकै पटक ९०० कर्मचारी हटाइदिए

मङ्गलबार, २१ मङ्सिर २०७८, १२ : १५
मङ्गलबार, २१ मङ्सिर २०७८

भारतीय मूलका एक अमेरिकी मालिकले जुम वैठकमार्फत एकैपटक ९०० कर्मचारीलाई पदमुक्त गरेका छन् । धितो उपलब्ध गराउने कम्पनी बेटर डटकमका सीइओ विशाल गर्गले जुम मिटिङमार्फत ९०० कर्मचारी पदमुक्त गरेका हुन् । क्रिसमस आउनु केही दिनअघि उनले गरेकाे निर्णयलाई धेरैले क्रुर र स्वचेछाचारी भनेका छन् । 

कर्मचारीकाे कार्यसम्पादन चित्तबुझ्दाे नभएकाे र बजारमा देखिएकाे परिवर्तनका कारण आफू कठाेर निर्णयमा पुगेकाे गर्गले बताएका छन् । कर्मचारीले दिनमा दुई घण्टा काम गरेर आठ घण्टाभन्दा बढी काम गरेको दाबी गरेको त्यो सबैका लागि अनुत्पादक बनेको उनले बताएका छन् ।

आफ्नाे निर्णयबाट आफै दुखी भएकाे उनले बताएका छन् । 'पछिल्लो समय मैले यस्तो गर्दा म रोएको थिएँ,’ जुम मिटिङमा गर्गले भनेका छन् । गर्गले कर्मचारी बरखास्त गरेकाे फर्चुन म्यागेजिनले पुष्टि गरेकाे छ । यसअघि बेटर डटकमले ७५ करोड अमेरिकी डलर मुनाफा गरेको विवरण सार्वजनिक भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप