पोखरामा ट्रक पल्टिँदा चालकसहित २ जनाको मृत्यु
शुक्रबार, २४ मङ्सिर २०७८, १० : ५४
पोखरामा ट्रक पल्टिँदा चालकसहित २ जनाको मृत्यु भएको छ । पोखरा विजयपुरस्थित सडक खण्डमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख.२९४८ नम्बरको फलामे छड (रड) बोकेको ट्रक अनियन्त्रित भई नालीमा पल्टिँदा दुइ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी लमजुङ पार्चेका ४२ वर्षीय चालक भीमबहादुर तामाङ र नवलपरासी गैडकोट–१७ का मुर्कुस तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
दुर्घटनामा परेका दुई जनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको डिएसपी तिवारी बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण