माओवादी केन्द्रलाई कर्णाली प्रदेश नेतृत्व चयनमा सकस, प्रतिनिधिहरु घाम ताप्दै, देउडा खेल्दै (तस्बिरहरु)
सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई नेतृत्व चयन गर्न सकस भएको छ । नेतृत्वको टुङ्गो नलागेपछि सम्मेलन सोमबार पनि जारी नै छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबारदेखि जारी सम्मेलन आइतबार सम्पन्न गर्ने भनिए पनि प्रदेश कमिटीको टुङ्गो लगाउन नसक्दा लम्बिएको हो । शीर्ष तहमा सहमतिका लागि छलफल जारी रहेकाले फुर्सदिला बनेका नेता, कार्यकर्ताहरु भने सोमबार दिनभर अधिवेशनस्थल सिटीहल बाहिर घाम ताप्दै, देउडा खेल्दै बसे ।
माओवादी केन्द्रको प्रदेश अधिवेशनले २११ जनाको प्रदेश कमिटी चयन गर्नुपर्ने छ । सम्मेलनबाट प्रदेश कमिटी तथा पदाधिकारी चयनका लागि प्रदेश तहका नेताहरुबीच ‘लबिङ’ भइरहेको माओवादी केन्द्रका एक नेताले रातोपाटीलाई जानकारी दिए ।
कर्णालीमा अहिलेसम्म अध्यक्षका लागि तीन जनाको नाम चर्चामा छ । प्रदेश अध्यक्षका लागि महेन्द्रबहादुर शाही, वर्तमान अध्यक्ष राजकुमार शर्मा र विमला केसीको नाम चर्चामा छ । तर, केन्द्रले जे भन्छ त्यही हुने एक नेताले बताए । सकेसम्म पुरानो कमिटीलाई नै निरन्तरता दिने कि भन्ने बारेमा पनि नेताहरु बहस गरिरहेका छन् ।
माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसी (जितेन्द्र)ले प्रदेश कमिटीको सोमबारको बैठकले नै पदाधिकारीको टुङ्गो लगाउने जानकारी दिए । उनले भने, ‘निर्विरोध पदाधिकारी टुंग्याउने गरी छलफल भइरहेको छ । पदाधिकारी टुङ्गो लगाउन बसेको शीर्ष नेतृत्वको बैठक जारी छ ।’
प्रदेश सदस्यको नाम टुङ्गो लगाउन सहजताका लागी जिल्लागत रुपमा सदस्य संख्या विभाजन गरिएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर मल्लले पालिका र पार्टी सदस्यताका आधारमा जिल्लागत सदस्य फाइनल गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण