कर्णालीमा ३३ प्रतिशतलाई कोरोना खोपको पूर्ण मात्रा
कर्णाली प्रदेशमा १० लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार लक्षित उमेर समूहका १० लाख ३३ हजार १९९ जनाले खोप लगाएका छन् । तीमध्ये पहिलो मात्रा ६ लाख ३३ हजार ९७६ तथा दोस्रो मात्रा तीन लाख ९९ हजार १४३ जनाले लगाएका छन् ।
निर्देशनालयका निर्देशक डा रविन खड्काका अनुसार लक्षित वर्गमध्ये खोपको पहिलो मात्रा ५३ र दोस्रो मात्रा ३३ प्रतिशत नागरिकले लगाएको जानकारी दिनुभयो । प्रदेशमा १८ लाख ३४ हजार जनसङ्ख्यामध्ये १८ वर्षमाथिका १२ लाख नागरिक छन् । अब झण्डै दुई लाख जनसङ्ख्यालाई खोपको पहिलो मात्रा लगाउन बाँकी छ । निर्देशक डा खड्काले खोपको सहज पहुँच भएपछि अभियान प्रभावकारी हुँदै गएको बताए ।
“लक्षित समूहको लागि कोभिडविरुद्धको खोपको पहिलो र दोस्रो मात्राको अभियान प्रदेशका सबै जिल्लामा चलिरहेको छ”, उनले भने, “बाह्रदेखि १७ वर्ष उमेर समूहकालाई पनि फाइजर खोपको पहिलो मात्रा दिन थालिएको छ, हालसम्म दुई हजार बढी बालबालिकाले फाइजर खोप लगाइसकेका छन् ।”
प्रदेशमा सबैभन्दा बढी डोल्पामा ७१ प्रतिशत तथा कम जाजरकोटमा ३० प्रतिशतले खोप लगाएका छन् । कर्णालीमा कोरोनाविरुद्ध कोभिशिल्ड, एष्ट्राजेनिका, भेरोसेल, जोन्सन एण्ड जोनसन र फाइजर खोप लगाइएको थियो । हाल फाइजर खोप सुर्खेतमा मात्र लगाउने व्यवस्था मिलाइएको छ । यसको पहिलो मात्रा कात्तिक २८ देखि मङ्सिर ८ गतेसम्म लगाइएको थियो । निर्देशक खड्काका अनुसार १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई विद्यालयमै खोप केन्द्र स्थापना गरी खोप लगाउने तयारी भइरहेको छ ।
यसैबीच, कर्णालीका सुुर्खेतबाहेक नौ जिल्लामा सो उमेर समूहकालाई मोडर्ना खोप दिन लागिएको छ । नौ जिल्लाका एक लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने तयारी छ । मोडर्ना खोप पुुस ४ देखि १४ गतेसम्म लगाइनेछ । विसं २०६१ मङ्सिरदेखि २०६६ सम्म जन्मेकालाई यो खोप दिन लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण