बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीमा माओवादी सम्मेलन- २११ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन

मङ्गलबार, २८ मङ्सिर २०७८, २१ : ५७
मङ्गलबार, २८ मङ्सिर २०७८

शनिबारदेखि जारी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम सम्मेलन मंगलबार आज भव्यतापूर्वक सम्पन्न भएको छ । सम्मेलनले २११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको छ । निकै सकसपूर्ण वातावरणमा पनि सम्मेलनबाट सर्वसम्मत कमिटी चयन गर्न सफल भएको हो । 

शनिबार र आइतबार मात्र गर्ने भनिएको सम्मेलन नेतृत्व चयनमा सकस भएपछि २ दिन ढिला हुन पुगेको थियो ।  नवनिर्वाचित प्रदेश समितिको बैठकबाट पदाधिकारी टुंगो भने भोलि बुधबार लाग्नेछ । त्यसका लागि बुधबार बिहान ११ बजे प्रथम बैठक तय गरिएको छ ।

सोही बैठकले पदाधिकारीको टुङ्गो लगाउने माओवादी केन्द्रका एक नेताले रातोपाटीलाई जानकारी दिए ।  यस्तै प्रदेश अध्यक्षमा कर्णाली प्रदेश सरकारकी पूर्वमन्त्री समेत रहेकी विमला केसी अगाडि आउने सम्भावना धेरै छ । 

यसअघि कर्णाली सरकारका पूर्व मुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर शाही र वर्तमान अध्यक्ष राजकुमार शर्माको नाम चर्चामा थियो । अन्तमा आएर केसीनै अध्यक्षमा आउने सम्भावना बढेको एक नेताले रातोपाटीलाई बताए । केसी पनि रुकुम पश्चिम कै हुन् । यसअघि पनि अध्यक्ष रुकुम पश्चिमले नै पाएको थियो भने यो पटक पनि अध्यक्ष पद करिब रुकुम पश्चिम नै जाने सम्भावना बढेको हो ।

उनले भने, ‘सम्मेलनले केन्द्रीय सदस्य भएको व्यक्ति प्रदेशमा कोही नबस्ने भनिएको छ ।’  यस्तै प्रदेश सम्मेलनले आठ बुँदे प्रस्ताव पनि पारित गरेको छ । 

यस्ता छन् प्रस्ताव
-मुगु, जाजरकोट, सल्यान, रुकुम लगायत कर्णाली प्रदेशका विभिन्न स्थानमा भएका सडक दुर्घटनाका कारण ठुलो मानवीय क्षति भएको घटनाप्रति सम्मेलन दुःख प्रकट गर्दछ । दुर्घटनाका कारण जीवन गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । घटनाबाट प्रभावित नागरिकहरुलाई उपचार, उचित राहतको अविलम्ब व्यवस्था गर्न र सडक सुधार योजना कार्यान्वयन गर्न संघीय सरकार र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण  गराउँदछ । 

-कर्णाली प्रदेशमा कार्यरत हाम्रो पार्टीका केन्द्रीय सल्लाहाकार समितिका सदस्य क. भीमबहादुर नेपाली रिवेल र प्रदेश सल्लाहकार क. चंख सहकारीको निधनप्रति दुःख व्यक्त गर्दै सम्मेलन मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछ । 

-कोभिड १९ र यसको पछिल्लो भेरियन्ट ओमिक्रोनको सम्भावित घातक प्रभावलाई समेत मध्यनजर गर्दै यसको रोकथाम,नियन्त्रण, उपचारको  प्रभावकारी व्यवस्था गर्न र सम्पूर्ण नागरिकलाई अविलम्ब खोपको व्यवस्था गर्न सबै तहका सरकारसँग जोडदार माग गर्दछ ।

-हालै पेट्रालियम पदार्थ लगायत उपभोग्य सामाग्रीहरुमा भएको मुल्यबृद्धि नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ । 

-जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलनलगायत परिवर्तनकारी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने शहीद तथा वेपत्ता योद्धाका परिवारजन, घाइते योद्धाहरुको राहत र पुनःस्थापनाका लागि संघीय र प्रदेश सरकारले चालु आवको बजेटबाट गरेको सम्बोधनको लागि धन्यवाद दिँदै थप सम्मान, राहत, संरक्षण र पुनस्थापनाको उचित व्यवस्थापन गर्न संघीय र प्रदेश सरकारसँग यो सम्मेलन विशेष माग गर्दछ । 

-जनयुद्ध लडेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान गर्ने  जनमुक्ति सेनाका योद्धाहरुको उचित सम्मानको व्यवस्था गर्न संघीय सरकारसँग यो सम्मेलन विशेष माग गर्दछ ।
 
-मुगु, जुम्ला हुम्ला लगायत प्रदेशका विभिन्न स्थानमा भएको आगलागि, बाढी पहिरो जस्ता विपदका घटनाप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनःथापनाका लागि यो सम्मेलन संघीय र प्रदेश सरकारको विशेष ध्यानाकर्षण गराउँदछ । 

-प्रचुर सम्भावनायुक्त तर मावन विकास सूचकांकमा पछि परेको कर्णाली प्रदेशको समृद्धि र विकासका लागि विशेष नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्था गर्न संघीय सरकारसँग यो सम्मेलन जोडदार माग गर्दछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप