हुम्लाका नौ हजार बालबालिकालाई मोर्डना खोप दिइने
हुम्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोर्डना खोप दिइने भएको छ । कोरोना सङ्क्रमणबाट जोगिनका लागि सो उमेर समूहका नौ हजार ६२१ बालबालिकालाई उक्त खोपको पहिलो मात्रा दिइने भएको हो ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार उक्त खोप आगामी पुस ४ देखि १४ गतेसम्म सातवटा गाउँपालिकामा १०० खोप केन्द्रमार्फत दिइने छ । खोपसहित स्वास्थ्यकर्मी चाँडै परिचालन गरिने उनको भनाइ छ । खोपसम्बन्धी दक्षता हासिल गरेका स्वास्थ्यकर्मी र गाउँ–गाउँमा रहेका स्वास्थ्य स्वयंसेविका परिचालन गरिने भएको छ ।
उक्त खोपको दोस्रो मात्रा आगामी माघ २ देखि १२ गतेसम्म सम्बन्धित खोप केन्द्रमा लगाइने भएको छ । हिमपातका कारण खोप लिएर स्वास्थ्यकर्मीलाई जान कठिनाइ हुने भएपछि नाम्खा गाउँपालिकाको वडा नं ४, ५ र ६ का बालबालिकालाई भने हाललाई नलगाइने भएको छ । ती वडाका बालबालिकालाई हिउँदयाम सकिएपछि खोप लगाइने कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण