बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, २९ मङ्सिर २०७८, १६ : ५७
बुधबार, २९ मङ्सिर २०७८

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १५४ जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ११ महिला र ६ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । शर्माका अनुसार कास्की ६, म्याग्दी १, पर्वत १, तनहुँ १ र नवलपरासी पूर्वमा १ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८ हजार २०० पुगेको छ । 

गण्डकीमा हालसम्म कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४२४ पुगेको छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ५६५ पुगेको छ भने होम आइसोलेसनमा १८३ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २११ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप