माओवादी कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी चयन भएकी छिन् । यसअघि तीन जनाको नाम चर्चामा रहे पनि अन्तिममा आएर केसी निर्विरोध अध्यक्ष बनेकी हुन् ।
प्रदेश कमिटीको पहिलो बैठकले केसीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । रुकुम पश्चिमबाट कर्णाली प्रदेशसभा सदस्य समेत रहेकी केसी कर्णाली प्रदेश सरकारमा झण्डै तीन वर्ष भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।
अध्यक्षमा यसअघि कर्णाली सरकारका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, राजकुमार शर्माको नाम चर्चामा थियो । तर, केन्द्रीय सदस्य रहेको व्यक्ति प्रदेशमा नरहने निर्णय गरेपछि केसी सर्वसम्मत अध्यक्ष बनेको माओवादी केन्द्रका एक नेताले रातोपाटीलाई जानकारी दिए ।
केसी अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को प्रदेश इञ्चार्ज समेत हुन् । शनिबारदेखि जारी प्रदेशको प्रथम सम्मेलन मंगलबार २११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको थियो । अन्य पदाधिकारीको टुङ्गो लागिसकेको छैन । अन्य पदाधिकारी चयनका लागि भने बैठक जारी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण