सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी सेलिब्रेटीहरु जसले कसे मंसिरमा लगनगाँठो

शुक्रबार, ०२ पुस २०७८, १२ : १८
शुक्रबार, ०२ पुस २०७८

विवाहका लागि उमेर पुगेका युवा–युवतीका चासोको महिना हो मंसिर । यस वर्षको मंसिरमा पनि थुप्रै जोडीले लगनगाँठो कसे । नेपाली कलाक्षेत्रमा पनि थुप्रै प्रेमी प्रेमीका र अविवाहित सेलिब्रेटी छन् । मंसिर लाग्दै गर्दै तीमध्ये धेरैको विवाह हुने अनुमान गरिएको थियो । तर मंसिरमा थोरै सेलिब्रेटीले मात्र लगनगाँठो कसन सफल भए । 

प्रिया भण्डारी (गायिका) 

‘सैं पनि एमाले, मै पनि एमाले’ बोलको गीतका गायिका प्रिया भण्डारी मंसिरमा दाम्पत्य जीवनमा प्रवेश गरेकी छन् । गायिका भण्डारीले अमेरिकामा बस्ने प्रभात अधिकारीसँग १२ मंसिरमा बुटवलमा लगनगाँठो कसेकी हुन् । प्रभात पाल्पाका युवक हुन् । उनी ‘सैं पनि एमाले, मै पनि एमाले’ गीत गायक बद्री पंगेनीसँगै स्वर दिएपछि चर्चामा आएकी थिइन् ।

रविन लामिछाने (गायक)  

गायक रविन लामिछाने मंसिरको तेस्रो साता विवाह बन्धनमा बाँधिएका थिए । गोरखा स्थायी घर भएका रविनले बुटवल निवासी सपना ढकालसँग लगनगाँठो कसेका हुन् । सपना र रविनले केही समयदेखिको प्रेम विवाहमा परिणत गरेका हुन् । सपना विगत ४ वर्षदेखि जर्मन बस्दै आएकी छन् भने रविनलाई दोहोरीका प्रखर गायक हुन् । उनका ‘फुल्यो असारे’,‘झल्लुराम’,‘हुने वाली बुहारी’ लगायत थुप्रै गीत चर्चित छन् ।

रेश्मा घिमिरे (मोडल तथा अभिनेत्री ) 

मोडल तथा अभिनेत्री रेश्मा घिमिरेले विवाह गरेकी छन् । उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग मंसिरको दोस्रो साता  लगनगाँठो कसेकी हुन् । रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा आयोजना भएको थियो । अमेरिकामा रहँदै आएका प्रभातसँग गतवर्ष इन्गेज्मेन्ट गरेकी उनले इन्गेज्मेन्ट भएको एकवर्ष पछि विवाह गरेकी हुन् । प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा भने म्युजिक भिडियोकी सफल मोडल हुन् । 

प्रविशा अधिकारी (गायिका) 

गायिका प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । उनले निर्माण सिटौलासँग मंसिरको पहिलो साता अर्थात ५ गते लगनगाँठो कसेकी हुन् । प्रविशा र निर्माणको विवाह समारोह झापा चारपानेस्थित अधिकारीकै निवासमा आयोजना भएका थियो ।

निर्माणसँग प्रविशाले मागी विवाह गरेकी हुन् । पेसाले इन्जिनियर रहेका निर्माण अमेरिका निवासी हुन् । प्रविशा पछिल्लो समयकी चर्चित गायिका हुन् । चलचित्र र आधुनिक गरेर उनले थुप्रै गीतमा स्वर दिएकी छन् । प्रविशा अहिले रियालिटी शो ‘द भ्वाइस किड्स’ मा जर्जको रुपमा रहेकी छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप