शिक्षामन्त्रीको आश्वासन : बजेटमै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ, अर्थबाट तलबमान स्वीकृत भएको छैन
सोमबार, ११ साउन २०८३, २१ : ४८
सारांश
- शिक्षा, खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थ मन्त्रालयबाट तलबमान स्वीकृत नभए पनि बजेटमार्फत प्रोत्साहन भत्ताको सैद्धान्तिक व्यवस्था भइसकेको बताएका छन् ।
- उनले शिक्षक र निजामती कर्मचारी दुवैको तलबमान स्वीकृत नभएको अवस्था रहेको उल्लेख गरे ।
- शिक्षा तथा मानव श्रोत विकास केन्द्रले प्रकाशन गरेको कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८३/०८४ मा प्रोत्साहन भत्ता नसमेटिएको शिक्षकहरूको गुनासो छ ।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थ मन्त्रालयबाट तलबमान स्वीकृत नभएपनि प्रोत्साहन भत्ता उपलब्ध गराउने सैद्धान्तिक व्यवस्था बजेटमार्फत नै भइसकेको बताएका छन् ।
मन्त्री पोखरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षा मन्त्री पोखरेलले शिक्षक मात्रै नभई निजामती कर्मचारीको समेत तलबमान स्वीकृत नभएको बताएका हुन् ।
शिक्षा मन्त्री पोखरेलले भने,‘ प्रोत्साहन भत्ता उपलब्ध गराउने सैद्धान्तिक व्यवस्था बजेटमार्फत नै भइसकेको हो । तर, अर्थ मन्त्रालयबाट तलबमान स्वीकृत भएर आएको छैन । यो अवस्था शिक्षकहरूको मात्र होइन, निजामती कर्मचारीहरूको हकमा पनि उस्तै छ ।’
शिक्षा तथा मानव श्रोत विकास केन्द्रले प्रकाशन गरेको कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८३/०८४ मा प्रोत्साहन भत्ता नसमेटिएको शिक्षकहरूको गुनासो छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण