सबैलाई एकै प्रकारको जिम्मेवारी दिन सकिँदैन : एमाले महासचिव
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा कसैलाई भेदभावपूर्ण व्यवहार नगरेको दावी गरेका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेकपाको निरन्तरताका नाममा माधव नेपाल समूहका नेताहरुलाई विभेद गरेको भन्ने गुनासोबारे पत्रकारहरुले राखेको जिज्ञासामा महासचिव पोखरेलले यस्तो दावी गरेका हुन् ।
‘यो विभेद होइन, हाम्रो पार्टी विशाल कार्यकर्ता भएको पार्टी हो । यो पार्टीमा झापा, विद्रोह, ३६, ४६ र ०६३ को आन्दोलनबाट हुर्किएको पंक्ति छ । सबैलाई एकै प्रकारको कामको जिम्मेवारी दिन सकिँदैन’, पोखरेलले भने, ‘सक्षम नेताहरुको विशाल पंक्ति भएकाले हरेकले हरेक काम गर्न सक्नुहुन्छ ।’
उनले नेकपा एमालेले आठौं महाधिवेशनबाट नै पार्टीमा नयाँ पुस्ता भित्र्याएको दावी गर्दै एमालेको सिको अहिले अन्य दलले पनि सिक्न थालेको बताए । ‘हाम्रो पार्टीमा निर्वाचनको प्रक्रियाबाट आठौं महाधिवेशनबाटै नयाँ पुस्ताको प्रवेश भयो । पुस्तान्तरणमा हामी पहिलो हौं, अरु पार्टीले त्यसलाई फलो गरे’ महासचिव पोखरेलको भनाइ छ ।
उनले हालै मात्र एमालेको विधान महाधिवेशनले तीन पुस्तालाई जोड्ने भनेको भन्दै महिलालाई समेत ३३ प्रतिशत सुनिश्चित गरेको दावी गरे । एमसीसीबारे सोधिएको प्रश्नमा पोखरेलले सरकारको निर्णय हेरेर मात्रै एमालेले धारणा तय गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण