बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आगलागीमा परेर महिलाको मृत्यु

शनिबार, ०३ पुस २०७८, १२ : ४७
शनिबार, ०३ पुस २०७८

कालिकोटमा आगलागीमा परेर घाइते भएकी एक महिलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ ।  शुक्रबार आगलागीमा परेर घाइते भएकी रास्कोट–९ का रामसरा बुढाको उपचार गर्न सुर्खेत लैजाँदै गर्दा दैलेखको तल्लो ढुङ्गेश्वरमा आज बिहान उनको मृत्यु भएको हो ।

आगलागीबाट टाउको र खुट्टा जलेको उनको स्थानीय रास्कोट अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेततर्फ पठाउने क्रममा बाटोमा नै मृत्यु भएको मृतकका आफन्त नवराज बुढथापाले बताए । शुक्रबार दिउँसो बुढा रास्कोट–९ थोल्म खर मेलामा घाँस काट्न गएको बेलामा कसैले आगलागी गर्दा त्यसमा परेर बुढा घाइते हुनुभएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप