लडेर वडा सदस्यको मृत्यु
शनिबार, ०३ पुस २०७८, २२ : १४
सिस्ने गाउँपालिका–२ का वडा सदस्य धनबहादुर पुनको मृत्यु भएको छ । छिपखोलास्थित घरबाट रुकुमकोट आउँदै गर्दा वडा नं ४ को फारुलाको बाटोमा लडेका ४४ वर्षीय पुनको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
बिहीबार बिहान कामको शिलशिलामा गाउँपालिकाको केन्द्र रुकुमकोट आउने क्रममा लडेका पुनको थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा शुक्रबार त्रिवेणी गाउँपालिकाको झुल्नेटामा मृत्यु भएको वडाध्यक्ष जीवन केसीले जानकारी दिए ।
जिल्ला अस्पताल रुकुमकोटमा सामान्य उपचारपछि पुनलाई थप उपचारका लागि नेपालगञ्ज लैजान लागिएको थियो । मृतक पुनको शुक्रबारै छिपतरास्थित सानीभेरी नदी किनारमा अन्त्येष्टि गरिएको छ । मृतक पुनका श्रीमती र एक छोरा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण