‘कबड्डी ३’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा
नेपाली फिल्मले अचेल हलमा भन्दा युट्युबमा दर्शक बढी पाउन थालेको छ । सार्वजनिक भएका केही दिनमै फिल्मले राम्रो भिउज पाउँदै युट्युब ट्रेन्डिङ समेत कब्जा गर्छन् ।
यस्तैमा फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ ले पनि युट्युबमा राम्रो भिउज पाएको छ । ६ दिन अगाडि सार्वजनिक फिल्मले समाचार तयार गर्दासम्म ३६ लाखबढी भिउज पाउँदै युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । ओएसआर डिजिटले सार्वजनिक गरेको फिल्मले एकलाख ४ हजार लाइक समेत पाएको । फिल्मको डिसलाइक भने लुकाइएको छ । फिल्मले प्रतिक्रिया पनि सकारात्मक पाइरहेको छ ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, माओत्से गुरुङ, विजय बराल, कविता आले, कमलमणी नेपाल, पुष्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । शैलेन्द्र डी. कार्कीले खिचेको फिल्मले स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा उठान गरेको छ । ‘कबड्डी’ को चौथो सिक्वेलको भने केही अगाडि छायाङ्कन सकिएको थियो । चाँडै टिजर सार्वजनिक हुने फिल्म यो ‘कबड्डी’ को अन्तिम सिक्वेल बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण एसियाली समन्वय समिति : १३ सदस्यीय समिति गठन
-
कोशी प्रदेशको डीआईजीमा शेखर खनाल
-
थप गरिएका परिषद् रजिस्ट्रारका उम्मेदवारको अन्तर्वार्ता लिइएन
-
बागमतीमा सत्ता समीकरणको रस्साकस्सी : राप्रपा र हानेपा तान्ने कसरत तीव्र
-
सुनसरी घटना : यी हुन् जिम्मेवारी खाेसिएका सुरक्षा अधिकारीहरू
-
नेपालबाटै मोरक्कोको भिसा प्रक्रिया सुरु, भारत धाउनुपर्ने बाध्यता हट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण