एमालेले दियो कर्णाली सरकारलाई ‘अपवित्र गठबन्धन’को संज्ञा
नेकपा एमाले कर्णाली प्रदेश कमिटीले प्रदेश सरकारलाई ‘अपवित्र गठबन्धन’को संज्ञा दिएको छ । लामो समयसम्म पनि सरकारलाई पूर्णता दिन नसकेको भन्दै एमालेले जनादेश विपरीतको अपवित्र गठबन्धनको संज्ञा दिएको हो ।
एमालेले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको निर्णय नम्बर छ मा भनिएको छ ,‘जनादेश विपरितको अपवित्र गठबन्धनबाट जन्मेको कर्णाली प्रदेश सरकारको तर्फबाट भैरहेका गैर जिम्मेवार, अपारदर्शी र सरकारी साधनस्रोतको चरम दुरुपयोग गर्ने जस्ता जनविरोधी कार्यहरुको घोर निन्दा एवम् विरोध गर्दै गलत हर्कत छोडी जनहितका कार्यहरु गर्न गम्भीर ध्यानाकर्षण गर्दछ ।’
तथापि प्रदेशसभामा प्रतिपक्षमा रहेको एमालेले अहिलेसम्म प्रदेश सरकारको विषयलाई लिएर कुनै आधिकारीक धारणा सार्वजनिक गरेको थिएन । एमाले संसदीय दलले अझै पनि प्रदेश सरकारको विषयलाई लिएर कुनै प्रतिकृया जनाएको छैन । तर प्रदेश कमिटीको बैठकमा भने ‘अपवित्र गठबन्धन’ को संज्ञा दिएको हो। एमालेले मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिँदा प्रदेशसभामा उपस्थित समेत जनाएको थिएन ।
एमालेलाई सहभागि गराउन एक दिन बैठक सार्दा पनि एमालेले ढिपी गरेपछि सत्ता गठबन्धनको सहभागितामा मात्रै शाहीले विश्वासको मत लिएका थिए ।
एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोद कुमार शाहले भने,‘एउटा सिट मात्रै भएको काँग्रेसले सरकारको नेतृत्व गरेको छ । त्यसमा पनि पार्टीको नीति, सिद्धान्त विपरित फ्लोर क्रस गरेर अनैतिक रुपमा एमालेबाट निर्वाचित सांसदलाई लिई विश्वासको मत लिए । त्यसैलाई हामीले अपवित्र गठबन्धन भनेका हो।’
साथै एमालेले कर्णाली प्रदेश भित्रका एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तरगत प्रदेश सभामा पास भई बहुवर्षीय स्वीकृतिसमेत भइसकेका केही सडकहरु राजनीतिक पूर्वाग्रहका रुपमा कार्यान्वयनमा रोक लगाएको, आस्थाको आधारमा कतिपय कर्मचारी, शिक्षकहरुको सरुवा तथा बरखास्ती जस्ता कार्य गरिरहेको आरोप लगाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण