‘मिस वर्ल्ड’ को फाइनल २ चैत्रमा हुने
कोरोनाको कारण स्थगित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड’ को फाइनल आगामी २ चैत (मार्च १६, २०२२)मा आयोजना हुने भएको छ । मिस वर्ल्ड आयोजकले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएपछि गत १६ डिसेम्बरमा आयोजना हुने भनिएको फाइनल अन्तिम समयमा आयोजकले स्थगित गरेको थियो । प्रतियोगिता स्थगित गर्दा आयोजकले कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र फेरि प्रतियोगिता सम्पन्न गर्ने जनाएको छ ।
अमेरिकी राज्य पुएर्तो रिकोमा आयोजना गरिएको प्रतियोगिता स्थगित भएपछि धेरै प्रतियोगी स्वदेश फर्किसकेका छन् । अहिले कोरोनाको स्थिति बढ्दो भएपनि आयोजकले भने फाइनल मिति घोषणा भने गरेको हो ।
प्रतियोगितामा नेपालबाट सहभागी मिस नेपाल नम्रता श्रेष्ठ पनि सोमबार स्वदेश फर्किसकेकी छन् । उनी प्रतियोगितामा अन्तिम ३० भित्र प्रवेश सफल भएकी थिइन् । फाइनलका लागि उनी फेरि अमेरिका जानेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको डीआईजीमा शेखर खनाल
-
थप गरिएका परिषद् रजिस्ट्रारका उम्मेदवारको अन्तर्वार्ता लिइएन
-
बागमतीमा सत्ता समीकरणको रस्साकस्सी : राप्रपा र हानेपा तान्ने कसरत तीव्र
-
सुनसरी घटना : यी हुन् जिम्मेवारी खाेसिएका सुरक्षा अधिकारीहरू
-
नेपालबाटै मोरक्कोको भिसा प्रक्रिया सुरु, भारत धाउनुपर्ने बाध्यता हट्यो
-
चेन्नईमा किन रोकियो विजयको ‘जन नायकन’को प्रदर्शन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण