मध्य भोटेकोसीको सेयर नेप्सेमा सूचीकृत
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको छ । नेप्सेमा बिहीबार कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेकोसहित ६ करोड कित्ता सेयर सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुलाई वितरण गरेको एक करोड १७ लाख, ऋणदाता संस्थाका कर्मचारीहरूलाई निष्काशन गरेको ६ लाख, संस्थापक सेयरधनी संस्थामा कर्मचारीहरुलाई वितरण गरेको २१ लाख र कम्पनीका संस्थापकहरुले लगानी गरेको तीन करोड छ लाख गरी छ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ९४ रुपैयाँ ३९ पैसा देखि २८३ रुपैयाँ १७ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । अब आइतबार कारोबार खुल्दा सोही मूल्यका आधारमा खुल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक
-
चीनमा चक्कु प्रहारको घटना बढ्दो, प्राथमिक विद्यालयका पाँच जना घाइते
-
गतिरोध लम्बिनुमा सरकार जबाफदेही छ : अध्यक्ष केसी
-
वैदेशिक व्यापारतर्फका सबैजसो सूचक ऋणात्मक
-
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
-
रिलायन्स कलेजद्वारा राष्ट्रव्यापी निबन्ध प्रतियोगिता आयोजना