मध्य भोटेकोसीको सेयर नेप्सेमा सूचीकृत
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको छ । नेप्सेमा बिहीबार कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेकोसहित ६ करोड कित्ता सेयर सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुलाई वितरण गरेको एक करोड १७ लाख, ऋणदाता संस्थाका कर्मचारीहरूलाई निष्काशन गरेको ६ लाख, संस्थापक सेयरधनी संस्थामा कर्मचारीहरुलाई वितरण गरेको २१ लाख र कम्पनीका संस्थापकहरुले लगानी गरेको तीन करोड छ लाख गरी छ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ९४ रुपैयाँ ३९ पैसा देखि २८३ रुपैयाँ १७ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । अब आइतबार कारोबार खुल्दा सोही मूल्यका आधारमा खुल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण