८ वर्षकी बालिकाको शरीरभित्र थुनिएकी २२ वर्षीया युवती
बाल्यकालमा ब्रेन क्यान्सरबाट बाँच्न सफल २२ वर्षकी सौना रे को शारीरिक विकास रोकियो । अब उनी जवान भइसकेकी छिन् तर उनी ८ वर्षकी बालिकाको शरीरमा कैद छिन् ।
सौना रे ६ महिनाकी मात्रै थिइन् जब उनलाई ब्रेन क्यान्सर भएको पत्ता लाग्यो । क्यान्सरका कारण केमोथेरापी गर्नुपर्यो । यसले उनको जीवन रक्षा त गरिदियो तर उनको पिट्युटरी ग्रन्थीमा पनि क्षती पुग्यो । यो ग्रन्थीमा क्षतिका कारण उनको शारीरिक विकास रोकियो ।
यद्यपि, कोमेथेरापीकै कारण उनको पिट्युटरी ग्रन्थीमा गम्भीर असर परेको भन्ने प्रमाण त छैन तर क्यान्सरको उपचारका क्रममा केही बिरामीमा एन्डोक्राइन समस्या भने देखिएको छ । यी युवती आफ्ना समस्याबाट बाहिर निस्कन सफल त भइन् तर बालिका जस्तै देखिएता पनि उनले आफूमाथि परिपक्वलाई गरिने जस्तै व्यवहार गरियोस् भन्ने चाहना राख्छिन् ।
‘तपाईंले मलाई झट्ट हेर्दा, आफ्नो परिवारसँग निकै रमाइरहेकी एक साधारण बालिकाजस्तै देख्नुहुन्छ,’ टीएलसीले हालै प्रकाशित गरेको ‘आइ एम सौना रे’ नामको एउटा भिडियोको ट्रेलरमा भन्छिन् । ‘तर वास्तविकता के हो भने, म बालिका होइन । म एक युवती हुँ । २२ वर्षकी युवती जो ८ वर्षे बालिकाको शरीरभित्र कैद छिन् । मेरो शारीरिक विकास हुन नसकेपनि मलाई एक वयस्कको झैँ व्यवहार गरियोस् भन्ने मेरो तीब्र चाहना छ । म आफ्नो स्वतन्त्रतामाथि काम गरिरहेकी छु ।’
सौनाको कार्यक्रम जनवरी ११, २०२२ मा टीएलसीमा प्रसारण हुँदैछ । यसमा उनको दैनिक संघर्ष देखाइएको छ । साथै, बालिका झैँ देखिने तर वयस्कको झैँ जीवनयापन गर्ने प्रयास पनि देखाइएको छ । बारमा मद्यपान गर्ने, ट्याटु बनाउने र ब्लाइन्ड डेटमा जानु उनको लागि अत्यधिक संघर्षको कुरा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण