शिल्पा भन्छिन्, ‘कठपुतलीले हरर फिल्म निर्माण बढाउँछ’
अभिनेत्री शिल्पा मास्केले ‘कठपुतली’ फिल्मले नेपालमा हरर फिल्म निर्माणमा तिब्रता ल्याउने दावी गरेकी छन् । मंगलबार राजधानीमा फिल्म युनिटले आयोजना गरेको प्रेस मिटमा उनले फिल्म राम्रो बनेको दाबी समेत गरिन् ।
‘‘कठपुतली’ नेपाली फिल्म क्षेत्रकै लागि नयाँ हुनेछ । यसले हरर–थ्रिलर जनराको फिल्म निर्माणका लागि तिब्रता दिनेमा विश्वस्त छु’ शिल्पाले भनिन् ‘ मैले हरर फिल्म हेर्ने गरेछु । तर अभिनय भने यो पहिलो छ ।’
कार्यक्रममा अभिनेत्री मिथिला शर्माले ‘कठपुतली’ लाई मौलिक फिल्मको रुपमा चर्चा गरिन् । हिजोका दिनदेखि आजसम्म भोगिरहेका कथालाई नै फिल्मले उठाएकोले यो फिल्म दर्शकको रुचिमा पर्ने शर्माले बताइन् । भनिन्, ‘हामीलाई आफ्नै कथावस्तुमा किन फिल्म बनाउनु हुन्न भनेर धेरैले प्रश्न गर्नुहुन्थ्यो । यसपटक हामीले आफ्नै कथावस्तुमा बनेको फिल्म लिएर आएका छौँ ।’
निर्देशक भिमसेन लामाले फिल्मको माध्यमबाट नेपाली भाषा, कला, संस्कृतिलाई प्रमोट गर्न चाहेको बताउँदा निर्माता निर्माता पृथ्वी राना मगरले नेपाली फिल्मले पनि विदेशमा गएर प्रतिस्पर्धा गर्न सकोस् भन्ने उद्देश्यले ‘कठपुतली’ बनाएको बताए । फिल्ममा २ करोड ३० लाख रुपैयाँ लगानी भएको जानकारी दिएका निर्माता मगरले पैसा भन्दा पनि विदेशमा गएर प्रतिस्पर्धा गर्न सकोस् भन्ने उद्देश्य आफ्नो रहेको सुनाए ।
अभिनेत्री उषा रजकले अहिलेसम्म हरर फिल्म नहेरेपनि काम गर्दा रमाइलो भएको बताइन् । ‘फिल्मको रिलिज नजिकिँदै गर्दा दशैं आएको जस्तै हर्षले मन गदगद भएको छ’ उनले थपिन् । उषाले लामो समयपछि यसे फिल्म मार्फत अभिनयमा कमब्याक गरेकी हुन् ।
फिल्मकी लेखक तथा कार्यकारी निर्माता सम्पदा मल्लले फिल्मको कथामा दर्शकले नयाँपन पाउने बताइन् । ‘फिचर फिल्म लेखनमा यो मेरो पहिलो अनुभव हो । पहिलो प्रयास भएकाले धेरै त्रुटिहरु हुन सक्छन् । दर्शकको साथ र मायाले त्रुटिलाई सुधार गर्दै अगाडि बढ्ने प्रयास गर्नेछु’ मल्लले भनिन् ‘संसारको कुनै पनि ठाउँमा बन्ने फिल्मसँग मैले लेख्ने कथा मिल्नु हुँदैन भन्नेमा म सजग छु ।’ उनले ‘कठपुतली’ को कथा र बिषयबस्तु कुनै फिल्मको नक्कल नभएको दाबी गरिन् ।
‘कठपुतली’ १६ गते शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म हो । शिल्पा, उषा, मिथिलको अलवा गौरी मल्ल, कर्मा, सुवर्ण थापा, ध्रुव कोइराल लगायत कलाकारको अभिनय फिल्ममा देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको डीआईजीमा शेखर खनाल
-
थप गरिएका परिषद् रजिस्ट्रारका उम्मेदवारको अन्तर्वार्ता लिइएन
-
बागमतीमा सत्ता समीकरणको रस्साकस्सी : राप्रपा र हानेपा तान्ने कसरत तीव्र
-
सुनसरी घटना : यी हुन् जिम्मेवारी खाेसिएका सुरक्षा अधिकारीहरू
-
नेपालबाटै मोरक्कोको भिसा प्रक्रिया सुरु, भारत धाउनुपर्ने बाध्यता हट्यो
-
चेन्नईमा किन रोकियो विजयको ‘जन नायकन’को प्रदर्शन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण