हरेक दिन ४० वटा चुरोट पिउँथे २ वर्षका बच्चा, धुम्रपान छोडेपछि यस्तो भयो अवस्था
धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । यो चेतावनी चुरोटको प्याकेटबाहिर पनि लेखिएको हुन्छ । भने विज्ञापनमा पनि लेखिएको हुन्छ । तर, पनि मानिसहरु स्वास्थ्यका लागि हानिकारक भएको थाहा हुँदाहुँदै पनि धुम्रपान गर्न छोड्दैनन् । धुम्रपानले शरीरलाई धेरै नोक्सान पुर्याउँछ । कोही–कोहीलाई धुम्रपानको यति धेरै लत लाग्छ कि उनीहरु एक दिनमा नै एक प्याकेट चुरोट पिउँछन् । यस्तै एउटा बालकलाई पनि धुम्रपान यति धेरै लत लाग्यो कि उनले दिनमा नै ४० वटा चुरोट पिउँथे । विश्वास गर्न नै कठिन हुन्छ कि उनको उमेर जम्मा २ वर्षको थियो । २ वर्षको उमेरमा नै चेन स्मोकर बनेका ति बालक थिए अर्दी रिजल । उनी इन्डोनेशियाको सुमात्रामा बस्ने गर्थे । उनी दिनमा एउटा वा दुईवटा होइन ४० वटासम्म चुरोट पिउँथे ।
सन् २०१० मा उनको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । अर्दीले चुरोट पिउने लत ७ वर्षसम्म रह्यो । त्यसपछि उनले चुरोट पिउन छोडिदिए । उनी चरोट पिउने समयमा निकै मोटो थिए । चुरोट पिउन छोडेपछि निकै दुब्लो पनि भए ।
अर्दीकी आमा डायनाका भन्छिन्, ‘मेरो छोरा १८ महिनाको हुँदा उनका पिताले मजाकमा नै चुरोट पिउन दिन्थे । त्यसपछि बच्चालाई धुम्रपानको लत नै लाग्यो ।’
सन् २०१० मा अर्दीको फोटो भाइरल भएपछि सरकारी निकायले उनको मद्दत गर्यो र उनले चुरोट छोडे । उनले धुम्रपानको लत छोडेपछि जंक फुड खाना थाले । त्यसकारण ५ वर्षको उमेरमा नै लगभग २२ केजी तौल बढाए । यसपछि पोषण विशेषज्ञको रेखदेखमा राखिएको र विस्तारै जंक फुड खाने आदत पनि छुटाइयो । त्यसपछि २०१७ मा पत्रकारले खिचेको फोटोमा अर्दी निकै स्लीम देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण