बिरालोका कारण दक्षिण कोरियाका १ सय बढी घरमा आगलागी
बच्चाबच्चीले आगो खेलेर वा ग्यास चुहावटका कारण घरमा आगलागी भएको घटनाहरू हामीले सुन्दै आएका छौँ । तर बिरालोको कारण आगलागी भयो भन्दा अचम्म लाग्न सक्छ । हो, यस्तै घटना दक्षिण कोरियामा भएको छ । त्यसैले त्यहाँ बिरालो पाल्नेहरूलाई बिरालोको पनि क्रियाकलापमा निगरानी गर्न चेतावनी नै दिइएको छ ।
विगत ३ वर्षको अवधिमा १०० घरमा बिरालोका कारण आगलागी भएको तथ्य सार्वजनिक भएपछि सोलका अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन् । सोल महानगर अग्नि तथा प्रकोप विभागले जारी गरेको विज्ञप्तिमा २०१९ को जनवरीदेखि यो वर्षको नोभेम्बरसम्म १०७ घरमा बिरालोकै कारण आगो लागेको उल्लेख छ ।
बिरालाले विद्युतीय स्टोभहरूमा स्वीच अन गरेर आगो लागेको बताइएको छ । टच सेन्सेटिभ बटनहरूमा बिरालोको हिँडाइले खुल्ने गरेको छ । त्यसपछि विद्युतीय चुलोहरू अधिक तात्ने पाइएको छ । अधिक तातेपछि स्वतः आगो लाग्ने गरेको पाइएको हो ।
‘बिरालो सम्बन्धित आगलागीहरू पछिल्ला समयहरूमा बारम्बार भएका छन्,’ विभागका अधिकारी चुुङ ग्यो–चुलले बताए । ‘पाल्तु जनावर भएका घर परिवारलाई घरमा कोही पनि नभएको समयमा आगलागी हुन सक्ने र त्यो अन्त्य पनि फैलन सक्ने भन्दै अतिरिक्त सतर्कता अपनाउनका लागि उनले आग्रह समेत गरेका छन् ।
बिरालो पाल्नेहरूलाई जल्न सक्ने वस्तुहरूलाई सुरक्षित स्थानमा राख्न समेत विभागले सल्लाह दिएको छ । यसमा कागज, टावल जस्ता वस्तुहरू छन् । विभागका अनुसार पाल्तु जनावरका कारण घरमा लाग्ने गरेको आगो सोलमा वृद्धि भइरहेको छ । अमेरिकामा पनि प्रत्येक वर्ष १ हजारको हाराहारीको आगलागीका घटना पाल्तु जनावरका कारण हुने गरेको अमेरिकन ह्यूमेन एसोसियसनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण