मलेसियामा विश्वकै दोस्रो अग्लो भवन बन्दै
विश्वमा अग्लो भवनको.कुनै कमी छैन । जब कुरा विश्वको सबैभन्दा अग्लो भवनको हुन्छ दुबईको बुर्ज खलिफाको नाम आउँछ । यो भवन हेर्नका लागि मानिसहरू विश्वभरिबाट आउने गरेका छन् । जसको उचाइ ८२९.८ मिटर अर्थात् २,७२२ फिट छ । जो मानिस दुबई जान्छन् उनीहरू यो भवन नहेरी पक्कै पनि फर्किँदैनन् । तर तपाईंलाई थाहा छ विश्वकै दोस्रो अग्लो भवन मलेसियामा निर्माण हुँदैछ । यो भवन २०२२ को अन्त्यसम्ममा निर्माण भइसक्ने छ ।
यो भन्दा पहिले विश्वकै दोस्रो अग्लो भवनको रूपमा शंघाई टावर रहदै आएको थियो । यो टावरको उचाइ २,०७३ फिट छ । मलेसियाको टावर निर्माण पुरा भएपछि यो शंघाई टावर तेस्रो स्थानमा खस्किने छ । आउनुहोस् थाहा पाउ बुर्ज खलिफापछि अग्लो बन्न लागेको भवनको रहस्यको बारेमा ।
यो भवनको नाम मर्डेका–११८ हो । यो मलेसियाको क्वालाम्पुरमा रहेको छ । मर्डेका एक इन्डोनेसियाली र मलाया भाषाको शब्द हो । यसको नेपाली भाषामा ‘स्वतन्त्रता’ भन्ने अर्थ लाग्छ । यो भवन ११८ तलाको हुने छ ।

प्राप्त जानकारी अनुसार यो भवनमा आवश्यकता अनुसारका सबै सुविधा उपलब्ध हुने छ । मिडिया रिपोर्टका अनुसार यो भवनको निर्माण पुरा भएपछि मलेसियाको पर्यटनमा वृद्धि हुनेछ । यो भवनमा एक साथ ३००० मानिस अटाउन सक्नेछन् । यसको डिजाइन चिप्लो र त्रिकोणीय सिसाको प्यानलबाट बनेको छ । यो आकारले मलेसियाको पारम्परिक र आर्ट तथा क्राफ्टलाई झल्काउछ । यो भवन ३१ लाख वर्ग फिटको क्षेत्रफलमा बनाइँदै छ । यो भवनको आधा प्रतिशत हिस्सा कार्यालयलाई दिइने छ । यो टावरमा एक मल, एक मस्जिद, एक पार्क र एक होटल हुने छ । भवनमा दक्षिण पूर्वी एसियाको सबैभन्दा अग्लो निरीक्षण छानो बनाइँदै छ । यसमा एक पार्क पनि हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण