बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दंगलकी नायिका जायरा सवार गाडी दुर्घटना

आइतबार, २८ जेठ २०७४, १४ : १२
आइतबार, २८ जेठ २०७४

मुम्बई – आमिर खानको चर्चित बलिउड चलचित्र दंगलकी नायिका जायरा बसिम सवार कार दुर्घटना भएको छ । भारतको श्रीनगरमा जायरा सवार कार सडकबाट खसेर दुर्घटना भएको हो ।

शुक्रवार राती उक्त कार दुर्घटना हुँदा जायरा साथी आरिमको कारमा थिइन् । सोही कार दुर्घटनामा परेको हो ।

जायरा पटक पटक दुर्घटनामा परेर बाँचेकी छन् । दुर्घटना लगत्तै स्थानीयवासीले तत्काल जायरालाई गाडीबाट उद्धार गरी बाहिर निकालेका थिए । दुर्घटनामा परेकी जायरालाई कुनै चोट भने लागेको छैन ।

चलचित्र दंगलबाट चर्चित बनेकी जायराले ‘बेस्ट सपोर्टिङ एक्टर’का रुपमा नेशनल फिल्म अवार्ड पाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप