तरुलको निराशजनक व्यापार, तस्बिरमा हेर्नुहाेस्
माघे सङ्क्रान्ति आउनलाई एक हप्ता मात्रै बाँकी छ तर काठमाडौँको कालिमाटी तरकारी बजारमा भने यसको खासै छनक देखिएको छैन । कोरोना महामारी सुरु हुनुअघि व्यापारीहरूले माघे सङ्क्रान्ति अगावै ५० टन भन्दा बढी तरुल बेच्ने गरेका थिए तर अहिले मुस्किलले पनि ३० टन विक्री भएको छ ।
"अघिल्लो वर्ष यही समयतिर हामीले करिब ५० टन तरुल बेचेका थियौँ तर यो वर्ष मुस्किलले ३० टन बेचेका छौँ । माघे सङ्क्रान्तिसम्ममा करिब ९० टन बिक्री भएको थियो तर यो वर्ष त्यो सङ्ख्या भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । कोरोनाको कारण मानिसहरूको आर्थिक अवस्था अझै सुध्रिन सकेको छैन त्यसैले पनि होला खपत नबढेको," कालिमाटीका तरुल व्यापारी श्रीकृष्ण बस्नेतले रातोपाटीलाई भने ।
माघे सङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । तरुल चिसो मौसममा नै फल्ने गर्छ र यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तरुल गर्मी प्रदान गर्ने तरकारी भएकाले यसलाई चिसो मौसमका लागि निकै उत्कृष्ट खानेकुरा मानिन्छ ।
माघ १ गते देश विदेशमा रहेका नेपालीहरूले मकर सङ्क्रान्ति धूमधामका साथ मनाउने गर्छन् । यस क्रममा फोटोपत्रकार सुवास श्रेष्ठले राजधानीको तराकारी बजारमा पुगेर विभिन्न प्रकारको तरुलको तस्बिर कैद गरेका छन् ।
























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण