पाँच गोलको थ्रिलरमा बार्सालाई हराउँदै रियल फाइनलमा
बिहीबार, २९ पुस २०७८, ०६ : ००
बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबमा खेलिएको खेलमा अतिरिक्त समयमा रियलले बार्सालाई ३-२ गोलअन्तरले हराएको हो ।
निकै रोमाञ्चक बनेको एल क्लासिकोमा रियलले खेलको २५ औँ मिनेटमा करिम बेन्जेमाको पासमा भिनिसिस जुनियरले रियललाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफ सकिन लाग्दा लुक डि योङले खेल बराबरी गरे । दोस्रो हाफमा बेन्जेमालाई पुनः रियललाई अग्रता दिलाए तर लगत्तै अन्सु फातीले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
अतिरिक्त समयमा फेडेरिको भालभर्डेले गोल गर्दै रियललाई जीत दिलाए । बिहीबार अर्को सेमिफाइनलमा ला लिगा च्याम्प्यिन एथ्लेटिको म्याड्रिड र एथ्लेटिक बिल्बाओबीच हुनेछ । विजेताले आइतबार रियादमा हुने फाइनलमा रियलको सामना गर्नेछ । रियल १२ औँ पटक स्पेनिस सुपर कप जित्ने दाउमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण