पाँच गोलको थ्रिलरमा बार्सालाई हराउँदै रियल फाइनलमा
बिहीबार, २९ पुस २०७८, ०६ : ००

बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबमा खेलिएको खेलमा अतिरिक्त समयमा रियलले बार्सालाई ३-२ गोलअन्तरले हराएको हो ।
निकै रोमाञ्चक बनेको एल क्लासिकोमा रियलले खेलको २५ औँ मिनेटमा करिम बेन्जेमाको पासमा भिनिसिस जुनियरले रियललाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफ सकिन लाग्दा लुक डि योङले खेल बराबरी गरे । दोस्रो हाफमा बेन्जेमालाई पुनः रियललाई अग्रता दिलाए तर लगत्तै अन्सु फातीले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
अतिरिक्त समयमा फेडेरिको भालभर्डेले गोल गर्दै रियललाई जीत दिलाए । बिहीबार अर्को सेमिफाइनलमा ला लिगा च्याम्प्यिन एथ्लेटिको म्याड्रिड र एथ्लेटिक बिल्बाओबीच हुनेछ । विजेताले आइतबार रियादमा हुने फाइनलमा रियलको सामना गर्नेछ । रियल १२ औँ पटक स्पेनिस सुपर कप जित्ने दाउमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिप दुर्घटना हुँदा दुई जना घाइते
-
हेटौँडामा ‘प्रदेश स्पोर्टस अवार्ड’ : ८ विधाका १२ जना पुरस्कृत हुने
-
नेपालका पूर्वी र मध्य क्षेत्रमा एकैपटक गयो बिजुली, के हाे कारण ?
-
निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिको सजाय
-
काठमाडौँबाट माइक्रो बस चोरी, धादिङबाट समातिए
-
‘यो संविधानले मध्यम वर्गको समेत रक्षा गर्न सकेको छैन’