मलाइकासँग ब्रेकअपबारे अर्जुन : अफवाहका लागि कुनै स्थान छैन
अर्जुन कपुरले मलाइका अरोडासँगको ब्रेकअपको खबरमा पूर्णविराम लगाएका छन् । बुधबार केही मिडियाले अर्जुन र मलाइकाको ब्रेकअप भएको दाबीसहित समाचार प्रकाशित गरेका थिए । पछिल्लो समय अर्जुन कोरोना सङ्क्रमित भएपछि मलाइकादेखि टाढा थिए ।
अर्जुनले मलाइकासँगको एक सेल्फी पोष्ट गर्दै लेखेका छन्, ‘सन्देहभर अफवाहका लागि कुनै स्थान छैन । सुरक्षित रहनुहोस्, खुसी रहनुहोस् । सबैलाई मंगलको कामना र माया ।’ यसको केही दिनअघि अर्जुनले मलाइका र आफ्नो उमेरको अन्तरको बारेमा उठाइएको प्रश्नबारे पनि जवाफ दिएका थिए ।
अर्जुन कपुर दोस्रो पटक कोरोना सङ्क्रमित भए पछि घरमा आइसोलेसनमा थिए । त्यसपछि उनी रिया कपुरको घरमा डिनरका लागि गएका थिए । तर नजिकै बस्ने मालाइकासँग भने उनले भेटेनन् । मुम्बाईमा कोरोनाको केस बढेसँगै दुई जनालाई एकैसाथ देखिएको थिएन । यसले उनीहरूको ब्रेकअप भएको हल्ला फैलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण