कपिल शर्माको बायोपिक बन्ने
सोनी टेलिभिजनको लोकप्रिय शो ‘द कपिल शर्मा शो’ का होस्ट तथा कमेडियन कपिल शर्माको बायोपिक बन्ने भएको छ । जसको नाम ‘फनकार’ राखिएको छ । माघे संक्रान्तिको अवसर पारेर कपिलको बायोपिकको घोषणा गरिएको हो ।
फिल्मको निर्देशन ‘फुकरे’ निर्देशक मृगदीप सिंह लाम्बाले गर्नेछन् भने निर्माण महावीर जैनको हुनेछ । फिल्मको कलाकारको टुंगो टुंगो लागिसकेको छैन । कपिलले कलाकारका रुपमा एक लामो यात्रा तय गरिसकेका छन् । स्टेण्ड अप कमेडी शो सुरुवात गर्ने कपिल आफ्नो नामको शो सुरु गर्नुअघि कैयौं कमेडी रियालिटी शोको हिस्सा बनेका थिए ।
कपिलले सन् २०१५ मा रिलिज रोमान्टिक कमेडी फिल्म ‘किस किसको प्यार करुँ’बाट अभिनेताका रुपमा डेब्यू गरेका थिए । जसको निर्देशन अब्बास मस्तानले गरेका थिए । यिनै कपिल डिजिटल प्लेटफर्ममा आफ्नो शो ‘कपिल शर्मा( आई एम नट डन येट’ लिएर आउँदैछन् । जसमा उनले आफ्नो किस्सा र कथा सुनाएर दर्शक हँसाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण