ट्रकको ठक्करबाट एक जनाको मृत्यु
बिहीबार, ०६ माघ २०७८, १० : ०२
बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । कोहलपुर–१४ हवल्दारपुरमा गए राति करिब १० बजे ट्रकले ठक्कर दिँदा नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी त्रिलोक केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार हवल्दारपुरस्थित विकासे पुलमा रहेको धर्मकाटाँमा कार्यरत कर्मचारी केसीलाई भे१क १९९९ नम्बरको ट्रकले ठक्कर दिएको हो । ठक्करबाट केसीको मृत्यु भएपछि चालक फरार रहेका छन् । फरार रहेका चालकको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण