अभिनय छोडेको छैनः रजनी केसी
अभिनेत्री रजनी केसी पछिल्लो समय फिल्ममा नदेखिएको धेरै भयो । उनी अचेल सानो पर्दामै ब्यस्त छिन् । सोही कारण पनि उनको फिल्म दर्शकले हेर्न नपाएको करिब ४ वर्ष जति भयो । यो अवधिमा उनले नयाँ फिल्म अभिनय गरेको पनि सुन्न पाइएको छैन ।
त्यसैले होला सायद कतिपयले त उनी अभिनयबाट टाढा भएको अनुमान गर्न थालेका छन् । रजनीले भने आफू अभिनयमै रहेको बताउँछिन् । ‘म अभिनयबाट हराएको छैन’ केसीले भनिन् ‘कोरोनाको कारणले फिल्म भने ग्याप भएको हो ।’ उनले सानो पर्दाका सिरियल र म्युजिक भिडियो गरिरहेको सुनाइन् ।
‘विगत केही बर्षयता मैले आमाको पनि विषेश ध्यान राख्नु परेको छ,’ उनले थपिन् ‘सोही कारणले फिल्म अभिनय गरिन । सानो पर्दाको अभिनय भने लगातार गरिरहेकी छु ।’ यो बिचमा आफुलाई केही फिल्मको अफर आएपनि समयको कारणले गर्न नभ्याएको उनले सुनाइन् ।
रजनीका अनुसार आमा बिरामी भएको कारण उनले फिल्मलाई समय दिन नसकेको हो । सानो पर्दाको प्रोजेक्टमा भने थोरै समय दिए पुग्ने भएकोले फाट्टफुट्ट गरिरहेकी हुन् ।
केही अगाडि भने उनी सिरियल ‘टेन टु फाइम’ र ‘डन्ट माइन’ मा भने देखिएकी थिइन् । त्यसको अलवा उनका केही म्युजिक भिडियो समेत आएको थिए । केही दिन अगाडि मात्र उनले लोकगायक रामप्रसाद खनालले ल्याउन लागेको एक म्युजिक भिडियो अभिनय सकाएकी छन् ।
अवको दिनमा भने उनी फिल्म पनि अभिनय गर्ने मुडमा छिन् । केही फिल्मका अफर समेत उनका हातमा छन् । ति सबैको स्क्रिप्ट अध्ययन गरिरहेकी उनले राम्रो फिल्म मात्र खेल्ने आफ्नो योजना सुनाइन् ।
रजनी अभिनित पछिल्लो दुई फिल्म ‘चर्खा’ र ‘रमिता’ भन्ने प्रदर्शनमा आउन बाँकी छ । यी फिल्म प्रदर्शनमा आउने समयसम्म केही फिल्म अन्य दिने उनी बताउछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनको प्रभाव : सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना
-
आज संघीय संसद्का तीन संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन गरिँदै
-
दिगो कृषिमा जापानी प्रविधि भित्रिँदै
-
सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण