सिमकोटमा प्रत्येक दिन १४ देखि १८ घण्टा लोडसेडिङ, मारमा व्यवसायी
हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा रहेको हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक १४ देखि १८ घण्टासम्ममा लोडसेडिङ गर्दा जिल्लाका उद्योग व्यवसायीहरू एक दशकभन्दा लामो समयदेखि मारमा परेका छन् ।
सिमकोटमा सञ्चालनमा आएका स्थानीय व्यवसायीले कार्यालयको तालिका बिनाको लोडसेडिङका कारण आफूहरूको व्यवसायमा विगत १३ वर्षदेखि समस्या रहँदै आएको र अहिलेसम्ममा समाधानका लागि प्रयास नभएको बताएका हुन् ।
सिमकोटमा रहेका व्यवसायीले लोडसेडिङको तालिका समेत नहुँदा कामदारले कुन बेला विद्युत् आउला भनेर कुर्ने गरेको बताए । रलिङ फर्निचर उद्योगका सञ्चालन दशरथ रावतले हिल्दुम साना जलविद्युत आयोजनाले माग बमोजिमको विद्युत् पूर्ति गर्न नसकेको बताएका छन् ।
पानीको अभावका कारण माग अनुसार विद्युत् आपूर्ति गर्न नसकेको हिल्दुम साना जलविद्युत आयोजना कार्यालय स्रोतले जनाएको छ ।
सिमकोट र खार्पुनाथ गाउँपालिकाका ७० भन्दा बढी व्यापार व्यवसाय नेपाल सरकारको इजाजतपत्र लिएर सञ्चालनमा रहेका छन् ।
हुम्ला जस्तो जिल्लाका स्थानीय नागरिकलाई सस्तो र छिटो सेवा चाहिने भएको भएता पनि लोडसेडिङका कारण आफ्ना ग्रिकलाई भनेको जस्तो सेवा दिन नसकोको र २०६५ सालबाटै आफ्नो व्यवसायले लोडसेडिङ भोग्दै आएको पानस सपिङ एण्ड डिजिटल फोटोग्राफीका सरोज रावतले बताए ।
सिजन सुरु भएपछि पर्यटकले खचाखच हुने सिमकोटका होटेल व्यवसायीले पर्यटकलाई सुविधा दिन नसको बताएका छन् । मानसरोवर होटेलका सञ्चालक चिन रावतले विद्युत् नहुँदा जेनरेटरबाट काम गर्नु पर्ने र त्यसबाट उपभोक्तालाई महँगो पर्ने बताएका छन् ।
केन्द्रका २१ सयभन्दा बढी ग्राहक रहेको हिल्दुम साना जलविद्युत आयोजनामा पानीको श्रोत कम भएकै कारण आयोजना २०६५ सालमा सञ्चालनमा आएदेखि नै लोडसेडिङ गर्न बाध्य भएको हिल्दुम वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण