नेपालले चारदेशीय टी-२० शृंखला खेल्ने
आइतबार, ०९ माघ २०७८, ०७ : ४७
नेपाली राष्ट्रिय क्रिकेट टोलीले चारदेशीय टी-२० शृंखला खेल्ने भएको छ । शृंखलामा नेपालसँगै ओमान, सयुक्त अरब इमिरेट्स (युएई) र आयरल्यान्ड सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
नेपालले अक्टोबरदेखि अस्ट्रेलियामा सुरु हुने टी- २० विश्वकपका लागि अर्को महिना ग्लोबल छनोट खेल्दैछ । ओमानमा १७ फेब्रुअरीबाट सुरु हुने छनोटको तयारीका लागि नेपालले चारदेशीय शृंखला खेल्न लागेको हो ।
शृंखलाको पहिलो खेलमा नेपाल ११ फेब्रुअरी मा घरेलु टोली ओमानविरुद्ध मैदान उत्रनेछ । १२ फेब्रअरीमा दोस्रो खेलमा युएईविरुद्ध र १४ फेब्रुअरीमा आयरल्यान्डसँगै खेल्नेछ ।
ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, जर्मनी र आयोजक ओमान छन् ।
ग्लोबल छनोटका खेलहरु १७ देखि २४ फेब्रुअरीसम्म हुने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो एक हप्तामा आत्मदाहबाट तीन जनाले गुमाए ज्यान
-
हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनको तयारी
-
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
-
‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण