कोरोनाविरुद्धको खोप लगाउन गाउँ–गाउँमा घुम्ती शिविर
कालीकोटमा कोरोनाविरुद्धको खोप लगाउन गाउँ गाउँमा घुम्ती शिविर सुरु गरिएको छ । सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्न लागेको हो ।
स्वास्थ्य कार्यालयको आयोजनामा जिल्लाका स्थानीय तहको समन्वयमा जिल्लाभर कोरोना विरुद्धको खोप लगाउन शिविर सञ्चालन गरिएको हो । घुम्ती शिविर सञ्चालन, विद्यालय र स्थानीय स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको खोप कार्यक्रमलाई तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताए । जिल्लामा हालसम्म एक लाख २७ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । खोपको पहिलो मात्रा लगाउने ८१ हजार ९५३, दोस्रो मात्रा लगाउने ४५ हजार ८०७ तथा बुस्टर डोज लगाउने ३४० जना रहेको उनले जानकारी दिए ।
“खोप अभियानलाई जिल्लाभर तीव्र पारेका छौँ”, उनले भने । कर्णाली राजमार्ग वरपरको क्षेत्रका जितेगडा र लालीगाघाट बजार क्षेत्रमा खोप अयियान सञ्चालन गरिएको छ । हुम्ला, जुम्ला, मुगु र बाजुराको प्रवेशद्वार मानिने कर्णाली राजमार्ग क्षेत्रमा खोप अभियान सुरु गरिएको हो । जिल्लाभर हाल १८१ जना कोरोनाबाट सङ्क्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण