हुम्ला अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द
आइतबार, ०९ माघ २०७८, १७ : ५०
हुम्ला जिल्ला अस्पतालका आठ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखीएपछि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको छ । जिल्ला अस्पताल हुम्लाले गएको शुक्रबार एकैपटक गरिएको परिक्षणमा अस्पताल हुम्लाका आठजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको हो ।
स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् ।
जिल्ला स्वास्थ सुरक्षा समितीको बैठकको निर्णयअनुसार जिल्ला अस्पताल हुम्लामा आकस्मिकबाहेक अस्पतालबाट प्रदान हुने सबै प्रकारका सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण