कर्णालीका कृषिमन्त्री ऋणमा !
कर्णाली प्रदेशका कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण हेर्दा कृषि मन्त्री शाही ऋणमा देखिएका छन् ।
शाहीसँग मुगुको सोरु गाउँपालिका–१ मा बुबाको नाममा १ रोपनी पुर्ख्यौली र भक्तपुरमा २ ठाउँमा १० लाख मूल्य पर्ने १० आना जग्गा उनकी श्रीमती जालगेडी शाही र सुरेश ब शाहीको नाममा रहेको उल्लेख छ । उक्त सम्पत्ति पुरै ऋण गरेर खरिद गरेको उल्लेख छ । पुर्ख्यौली जमिन बुबाकै नाममा मुगुको सोरु गाउँपालिका–१ मा २० रोपनी खेत परेको जग्गा रहेको जग्गा छ भने उनीसँग चल सम्पत्ति पनि न्यून रहेको छ ।
चल सम्पत्तिमा उनको ५ तोला सुन श्रीमतीको नाक, कानका गहना र १ तोला चाँदी पुर्ख्यौली र ३ लाख रकम एनआईसी एसिया बैंकमा तलब भत्ता बापतको मौज्दात रहेको छ । शाहीसँग मौज्दात भन्दा बढीको ऋण रहेको छ । उनीमाथि २ जनाको गरी ११ लाख ऋण रहेको उल्लेख गरेका छन् । कृषि मन्त्री शाही कार्तिक ३० गते मन्त्रीमा नियुक्त भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
