स्टेल्थ ओमिक्रोन : नयाँ सब–भेरियन्ट आरटी–पीसीआरबाट पनि पत्ता लगाउन मुस्किल
कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन यतिबेला विश्वका अधिकांश देशहरूमा फैलिसकेको छ । अहिले ओमिक्रोनकै नयाँ सब स्ट्रेन बीए.२ ले विश्वका लागि तनाव सिर्जना गरिरहेको छ । ओमिक्रोनकै यस नयाँ भेरियन्टलाई आरटी पीसीआरबाट पनि पत्ता लगाउन नसकिने भएका कारण थप तनाव दिएको हो । त्यसैले बीए.२ लाई 'स्टेल्थ ओमिक्रोन' पनि भनिएको छ ।
यो नयाँ सब भेरियन्ट भारतसहित विश्वका ४० देशमा फैलिसकेको छ । यो अब विश्वका बाँकी देशहरूमा पनि चाँडै पुग्ने अनुमान गरिएको छ । यसले विश्वमा थप भयावह लहर ल्याउन सक्ने खतरा पैदा गरेको छ । विश्व स्वास्थ्य संगठनले २०२१ नोभेम्बर २६ मा ओमिक्रोन अर्थात् बी.१.१.५२९ लाई 'भेरियन्ट अफ कन्सर्न' घोषणा गरेको थियो ।
संगठनका अनुसार ओमिक्रोनको बीए.१, बीए.२ र बीए.३ गरी तीन सब भेरियन्ट रहेका छन् । २३ डिसेम्बर २०२१ सम्म जीन सिक्वेन्सिङमा ओमिक्रोनको ९९ प्रतिशत केसमा बी.१ पाइएको थियो । तर पछिल्लो समयमा ओमिक्रोनको दोस्रो सब भेरियन्ट बीए.२ तीव्र रुपमा फैलिरहेको पाइएको छ । बेलायतको हेस्थ सेक्युरिटी एजेन्सीले ओमिक्रोनको सब भेरियन्टलाई 'भेरियन्ट अन्डर इन्भेस्टिगेसन' मा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण