विद्युत् भोल्टेज नपुग्दा अक्सिजन प्लान्ट सञ्चालनमा समस्या

स्वास्थ्य सेवा कार्यालयमा जडान गरेकाे अक्सिजन प्लान्टमा विद्युत् भोल्टेज नपुग्दा सञ्चालनमा समस्या भएको छ । ३०० केभिएको विद्युत् पावर आवश्यकता पर्ने भएकाले कार्यालयकाे प्लान्ट सञ्चालनमा समस्या भएको हो ।
स्वास्थ्य सेवा कार्यालयले नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रमा क्षमता बढाउन पत्राचार गरिसकेको कार्यालय प्रमुख टिकाराम जैसीले बताए । क्षमता विस्तार गर्नका लागि १० लाख बराबरको खर्चको स्टिमेट आएको जैसीले बताए ।
नेपाल विद्युत् प्राधिकरणले भने ५० सैय्याकाे अस्पताल निर्माण भइरहेकाले पटकपटक क्षमता विस्तार गर्नुभन्दा पछि एकै पटक काम गर्न आग्रह गरिरहकाे छ । स्वास्थ्य सेवा कार्यालयमा जेनेरेटर भए पनि जेनेटरको पावरले समेत अक्सिजन प्लान्ट संचालमा समस्या आइरहेकाे छ । थप समस्या आउने डरले जेनेरेटर प्रयोग नगरेको कार्यालय प्रमुख जैसीले बताए । कोभिड महामारी फैलिएको समयमा प्लान्टलाई सञ्चालन प्रभावकारी बनाउ पहल जारी राखेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए ।
विद्युतको समस्या छिट्टै समाधान हुने विद्युत् प्राधिकरणले बताएको छ । जाजरकोटमा अहिले ११ केभी प्रसारण लाइनको विद्युत् सञ्चालनमा रहेको छ । १३२ केभी प्रसारण लाइनका लागि कोहलपुर हुँदै सुर्खेतसम्म काम भइरहेको छ । उताको काम सम्पन्न हुन बित्तिकै जाजरकोट खण्डको काम हुनेछ । १३२ केभी प्रसारण लाइनका लागि मेहलकुनामा सव स्टेशन निर्माण कार्य समेत बाँकी रहेको छ । यो प्रसारण लाइन निर्माण भएमा मात्र फुलफेजमा काम हुनेछ । जाजरकोट भएर रुकुम पश्चिममा विद्युत् सेवा प्रवाह हुँदै आएको छ । जाजरकोट हुँदै डोल्पा लिनुपर्ने कामको वातारणीय प्रभाव मुल्यांकनको काम समेत भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह
-
मुम्बईमा लगेर चेलीबेटी बेच्ने आरोपी ३० वर्षपछि पक्राउ
-
कार बम विस्फोटमा वरिष्ठ रुसी सैन्य अधिकारीको मृत्यु
-
शिक्षकहरु आन्दोलन स्थगित गर्नुस्, विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिमा सघाउनुस् : डा. महत
-
बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै
-
आन्दोलनरत शिक्षकहरूलाई पालिकाले भन्यो, ‘१४ गतेदेखि पढाउन आउनु, नत्र राजीनामा दिएर जानु’