विद्युत् भोल्टेज नपुग्दा अक्सिजन प्लान्ट सञ्चालनमा समस्या
स्वास्थ्य सेवा कार्यालयमा जडान गरेकाे अक्सिजन प्लान्टमा विद्युत् भोल्टेज नपुग्दा सञ्चालनमा समस्या भएको छ । ३०० केभिएको विद्युत् पावर आवश्यकता पर्ने भएकाले कार्यालयकाे प्लान्ट सञ्चालनमा समस्या भएको हो ।
स्वास्थ्य सेवा कार्यालयले नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रमा क्षमता बढाउन पत्राचार गरिसकेको कार्यालय प्रमुख टिकाराम जैसीले बताए । क्षमता विस्तार गर्नका लागि १० लाख बराबरको खर्चको स्टिमेट आएको जैसीले बताए ।
नेपाल विद्युत् प्राधिकरणले भने ५० सैय्याकाे अस्पताल निर्माण भइरहेकाले पटकपटक क्षमता विस्तार गर्नुभन्दा पछि एकै पटक काम गर्न आग्रह गरिरहकाे छ । स्वास्थ्य सेवा कार्यालयमा जेनेरेटर भए पनि जेनेटरको पावरले समेत अक्सिजन प्लान्ट संचालमा समस्या आइरहेकाे छ । थप समस्या आउने डरले जेनेरेटर प्रयोग नगरेको कार्यालय प्रमुख जैसीले बताए । कोभिड महामारी फैलिएको समयमा प्लान्टलाई सञ्चालन प्रभावकारी बनाउ पहल जारी राखेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए ।
विद्युतको समस्या छिट्टै समाधान हुने विद्युत् प्राधिकरणले बताएको छ । जाजरकोटमा अहिले ११ केभी प्रसारण लाइनको विद्युत् सञ्चालनमा रहेको छ । १३२ केभी प्रसारण लाइनका लागि कोहलपुर हुँदै सुर्खेतसम्म काम भइरहेको छ । उताको काम सम्पन्न हुन बित्तिकै जाजरकोट खण्डको काम हुनेछ । १३२ केभी प्रसारण लाइनका लागि मेहलकुनामा सव स्टेशन निर्माण कार्य समेत बाँकी रहेको छ । यो प्रसारण लाइन निर्माण भएमा मात्र फुलफेजमा काम हुनेछ । जाजरकोट भएर रुकुम पश्चिममा विद्युत् सेवा प्रवाह हुँदै आएको छ । जाजरकोट हुँदै डोल्पा लिनुपर्ने कामको वातारणीय प्रभाव मुल्यांकनको काम समेत भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण