ट्याक्टर र यात्रुवाहक बस ठोक्कियो
शुक्रबार, १४ माघ २०७८, ०८ : १७

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा उखु बोकेको ट्याक्टरमा यात्रुबाहक बस ठोक्किँदा दुई दर्जन यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
बिहीबार राति भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस दुर्घटनामा परेको हो । हरिवन-९, सुखेपोखरीमा बिग्रिएर रोकी राखेको ज २ त ७८१ नम्बरको ट्याक्टरमा बसले ठक्कर दिएको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । बाक्लो हुस्सु र कुहिरोका कारण बस ट्याक्टरमा ठोक्किएको आँकलन गरिएको छ।
घाइतेमध्ये एक पुरुष र एक महिलाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारको लागि वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको हो । बस चालक चालकलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर चालकको पहिचान हुन सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख
-
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने
-
नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित