प्रदेश राज्य मन्त्रीद्वारा आन्दोलनका घाइतेलाई १ लाख सहयोग
मधेस प्रदेश सरकारका कृषि राज्यमन्त्री योगेन्द्र यादवले मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागि घाइते भएका रौतहट राजदेवी नगरपालिका-५ पताही निवासी रणवीर सिंहलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
मधेस सरकारको तर्फबाट राज्यमन्त्री योगेन्द्र यादव सिंहको घरमै पुगेर एक लाखको चेक हस्तान्तरण गरेका हुन् । सो क्रममा जसपा केन्द्रीय सदस्य रेवन्त झाको पनि सहभागिता रहेको थियो ।
सात वर्षअघि रौतहट सदरमुकाम गौरबाट जिल्लाको विभिन्न भागमा सेवा केन्द्र स्थापनाको विरोध गर्दै भएको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका रणवीर सिंहको अवस्था निकै कमजोर छ ।
सरकारको निर्णय अनुसार सदरमुकामबाट मालपोत कार्यालय र नापी कार्यालयको सेवा केन्द्र सार्ने गरेको निर्णयको विरुद्धमा तत्कालीन ८ दलीय गठबन्धन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको आन्दोलनको क्रममा २०७१ साल असार महिनामा गौर नगरपालिका ९ स्थित बरहवा पुल नजिक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सिंहको पेट र हातमा ३ वटा गोली लागेको थियो ।
मुलुकमा संघियता आउनुभन्दा पहिला भएको आन्दोलनमा प्रहरीको गोलीबाट घाइते भएका तत्कालीन हजमिनिया गाविस हाल राजदेवी नगरपालिका -५ पताही निवासी ३० वर्षीय रणवीर सिंह बिगत ७ वर्षदेखि आर्थिक अभावका कारण उपचार गराउन नसकेका कारण घरमै थल्ला परेका छन् ।
श्रीमती र २ सन्तान रहेको सिंहको उपचारको अभावमा घरमा छटपटिएर जीवनमरणको दोसाधमा पुगेको अवस्थामा प्रदेश सरकार को प्रदेश सभाको मुख्य गेटमा गएर आत्महत्या गर्ने चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने