यी सुल्तान जोसँग छ ७ हजार लक्जरी गाडी, हिरा र सुनबाट बनेको छ महल
विश्वमा धनिभन्दा धनि व्यक्तिहरु छन् । केहीसँग यति सम्पत्ति छ कि उनीहरु आफू बस्ने घर सुन र हिराबाट बनाउँछन् भने कार पनि सुन पनि कारकै चढ्छन् । यस्तै, एक सुल्तान छन् जोसँग लगभग ७ हजार कारहरु छन् । उनीसँग भएका कार कलेक्शनमा रोल्स रोयस, मर्सिडिज, फेरारी, बेन्टले आदि छन् । उनीसँग यति सम्पत्ति छ कि उनी सुनको सिंहासनमा बस्छन् । र, सुनबाट बनेको कार चढ्ने गर्छन् ।
७ हजार कारसहित अथाह सम्पत्तिका मालिक हुन्, हसनल बोलकिया । उनी ब्रुनई (बोर्नियो द्वीप अन्तरगतको एउटा देश) का वर्तमान सुल्तान तथा प्रधानमन्त्री हुन् । उनी विश्वका धनि व्यक्तिहरुमध्ये एक हुन् । उनले ब्रुनईमा शासन गरेको ५० वर्षभन्दा बढी भइसकेको छ । सन् १९८० मा हसनल विश्वकै धनि व्यक्ति थिए ।
उनले केही समयअगाडि मात्रै आफ्नो शासन कालको ५० औं वर्ष पुगेको उपलक्ष्यमा उत्सव मनाएका थिए । उनले परिवारले उक्त देशमा करिब ६ सय वर्षदेखि राज गर्दै आएको छ । उनले २१ वर्षको उमेर सन् १९६७ मा राज शासन गर्न सुरु गरेका थिए ।
रिपोर्टका अनुसार हसनलसँग ७ हजार कार छ । जसमा ६ सयभन्दा बढी रोल्स रोयस, ५७० वटाभन्दा बढी मर्सिडिज बेन्ज, ४ सय ५० वटा फेरारी, ३ सय ८० वटा बेन्टल, १ सय ३४ वटा कोयनिगेग्स र अन्य कारहरु छन् । उनले चढ्ने कारमा सुनको जलप लगाइएको छ । एक रिपोर्टका अनुसार हसनलसँग व्यक्तिगत प्राइभेट प्लेन छन् । उनीसँग भएको जेटमध्ये एउटामा सुनको जलप लगाइएको छ ।
उनीसँग करिब १४ हजार ७ सय करोड (भारतीय रुपियाँ) भन्दा अधिक सम्पत्ति छ । उनको कमाईको मुख्य स्रोत तेल र प्राकृतिक ग्यास हो । उनको महलको नाम इस्ताना नुरुल ईमान प्यालेस हो । जसको मूल्य २ हजार ५ सय ५० करोड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण