पब्जीको प्रभाव : १४ वर्षीय बालकले गरे आमा, दाजु र दुई दिदीको हत्या
पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले आमा, एक दाजु र दुई दिदीको हत्या गरेका छन् । उनले पब्जी खेलको प्रभावमा परिवारका सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । राजधानी लाहौरका प्रहरीले शुक्रबार एक परिवारका सदस्यको शव फेला परेको जानकारी दिएका हुन् । प्रहरीका अनुसार अघिल्लो हप्ता काहना इलाकामा स्वास्थ्यकर्मी ४५ वर्षीया नाहिद मुबारक, उनका २२ वर्षीय छोरा तैमुर, १७ र ११ वर्षीया छोरीको शव भेटिएको हो । प्रहरीका अनुसार नाहिदका १४ वर्षीय छोरा भने सुरक्षित थिए । तर, उनी नै हत्यारा निस्किए ।
प्रहरीका अनुसार उक्त १४ वर्षीय बालक पब्जी खेलको लत लागेको थियो । उनले खेलकै प्रभावमा आमा र परिवारका अन्य सदस्यको हत्या गरेको स्वीकार गरेका छन् । लामो समयसम्म लगातार अनलाइन खेलले उनमा मनोवैज्ञानिक समस्या उत्पन्न भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
प्रहरीले नाहिद मुबारकको सम्बन्धविच्छेद भएको र उनका १४ वर्षीय छोरा पढाइ छोडेर दिनभर पब्जी खेल्नमा व्यस्त रहने भएकाले उनका मानसिक चोक पुगेको हुनसक्ने बताएको छ । दिनभर पब्जी खेल्ने गरेकाले आमाले गाली गरेपछि आलमारीमा भएको आमाको पेस्तोल निकालेर उनले सबै परिवारका सदस्यको हत्या गरेका थिए । प्रहरीका अनुसार अर्को दिन बिहान उक्त बालक चिच्याएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बालकले आफू माथिल्लो तल्लामा भएकाले परिवारका सदस्यको हत्या भएको कुनै जानकारी नभएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरियो ट्विटरको डोमेन नाम
-
युरिक एसिड बढेपछि खान हुन्न प्रोटिनयुक्त खाना ?
-
अनलाइनमा रेस्टुराँबारे नकारात्मक रिभ्यु पोस्ट गरेपछि जेल पुगे युवा
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व