झापाको पूर्वी नाकामा बम बनाउने विस्फोटक पदार्थ बरामद
भारतसँग सीमा जोडिएको झापाको पूर्वी नाका संवेदनशील बन्दै गएको छ । यो नाकामा असुरक्षा बढ्दै गएको तथ्य फेला परेको छ । नाकाबाट बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थ ओसारपसार हुने तथ्य फेला परेको छ ।
मंगलबार विशेष सूचनालाई पछ्याउँदा सशस्त्र प्रहरीले कमरसियल डेटोरेन्ट ८० थान र नेपोलाइट ९१ लोला बेवारिसे अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल दुई नम्बर गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम भण्डारीले जानकारी दिए ।
यद्यपि ओसारपसारमा संलग्न अझै पक्राउ पर्न सकेका छैनन् । यो विस्फोटक पदार्थ बालुवामा गाडिएको अवस्थामा बेवारिसे फेला परेको हो । मेची खोलाको नेपाल-भारत सीमा स्तम्भ ९०/१ र ९०/२ मा फेला पारिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले भने यो विषयमा बोल्न मानेन । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त पाठकले संवेदनशील विषय भएको र अनुसन्धान भइरहेको बताए । घटनामा संलग्न भाग्न सक्ने भएकाले बोल्न नमिल्ने उनले बताए ।
पछिल्लो समय झापामा सार्वजनिक स्थानमा विस्फोटक पदार्थ राख्ने क्रमसमेत बढेको छ । चुनाव आएको र यसलाई लक्षित गरेर विस्फोटक पदार्थ नेपाल भित्र्याइएको विश्लेषण अनुसन्धानमा खटिएका प्रहरी अधिकृतको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण