एन्फा कार्यसमिति बैठक भोलि, संयोजक खड्काले प्रतिवेदन बुझाउने
अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक जुममार्फत भोलि (बिहीबार) बस्दैछ । यसअघि एन्फा महासचिव इन्द्रमान तुलाधरले कार्यसमिति सदस्यलाई मेल गर्दै साढे ११ बजेलाई जुम बैठक आह्वान गरेका हुन् ।
जुम बैठकमा एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काले वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनामाथिको छानबिनको प्रतिवेदन प्रस्तुत गर्नेछन् । ‘हामी समितिका सदस्य बसेर आज प्रतिवेदन तयार पारेका छौं । भोलि म मेरो प्रतिवेदन प्रस्तुत गर्छु,’ छानबिन समितिका संयोजक खड्काले भने ।
यस अघि समितिले लिग निर्देशक सञ्जीव मिश्र र जनरल कोर्डिनेटर तथा म्याच कमिसनरको भूमिका निर्वाह गरिरहेका लिग कमिटी सदस्य गौरीमान राईसँग पनि बयान लिइएको थियो । यस्तै बयानका लागि बोलाइएका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर र शाह भने बयानका लागि उपस्थित भएनन् ।
शाहले हवाई टिकटको मुल्य बढाएर भुक्तानी गरेको एउटा आरोप छ भने अर्को पेस्की फर्स्योटको । सहिद स्मारक ‘सी’ डिभिजनका लागि गौरीमान राईले लिएको एक लाख ३० हजार रुपैयाँमध्ये खर्च भएको ९५ हजार रुपैयाँको बिलसहित बाँकी ३५ हजार रुपैयाँ नगद बुझाएर पेस्की फर्स्यौट गरेका थिए । राईले पेस्की फर्स्यौट प्रक्रियामा निर्देशक मिश्रले सिफारिस गरेर वित्तीय निर्देशक शाहलाई बुझाएका थिए । त्यहीअनुसार राईको पेस्की फर्स्यौट भएको थियो । तर, वित्तीय निर्देशक शाहले राईबाट आएको नगद एन्फाको खातामा दाखिला नगरी दुरुपयोग गरेको आरोप छ ।
पुस २२ गते बसेको एन्फा कार्यसमिति बैठकबाट उपाध्यक्ष खड्कालाई छानबिनको जिम्मा दिइएको थियो ।
यसअघि एन्फा महासचिव इन्द्रमान तुलाधरले कार्यसमिति सदस्यलाई मेल गर्दै साढे ११ बजेलाई जुम बैठक आह्वान गरेका हुन् । यद्यपि, तीन उपाध्यक्षसहित सात सदस्यले विरोध गरेपछि एन्फाले भौतिक रूपमै बैठक गर्ने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति
-
१० बजे १० समाचार : काठमाडौँमा ‘गाडी आतङ्क’, अर्थमन्त्रीको कार्यशैलीलाई लिएर बालेन असन्तुष्ट
-
रास्वपा भन्छ– सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण