प्रचण्डप्रति गगनको कटाक्ष : 'हामी बालुवाटारमा एउटा र खुमलटारमा अर्को कुरा गर्दैनौँ'
बिहीबार, ०५ फागुन २०७८, १० : ३२
सत्तासीन नेपाली काँग्रेस महामन्त्री गगन थापाले एमसीसी पास गर्ने कुरामा अडिग रहेको बताएका छन्। विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक विमोचन कार्यक्रममा उनले प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी नभएको बताए । महामन्त्री थापाले भने, ‘काँग्रेस आफूलाई एमसीसी पास गर्ने कुराका अडिग छ । सत्तामा हुँदा एउटा र प्रतिपक्षीमा हुँदा अर्को कुरा गर्दैन ।’
थापाले आफूलाई ठीक लागेको विषयमा काँग्रेस सँधै एउटै अडानमा रहने बताए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरे । महामन्त्री थापाले भने, ‘बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी होइन काँग्रेस । काँग्रेस सबै कुराको हेक्का राखेर आफ्नो अडानमा उभिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण