शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी वैज्ञानिकको चमत्कार : पहिलो पटक एचआईभी संक्रमित महिला निको भइन्

बिहीबार, ०५ फागुन २०७८, ११ : १९
बिहीबार, ०५ फागुन २०७८

ह्युमन इम्युनो डेफिसिएन्सी भाइरस (एचआईभी) लाई कहिल्यै निको नहुने रोग मानिन्छ । तर, विस्तारै अवस्था परिवर्तन हुँदै गएको छ । हालै अमेरिकाका वैज्ञानिकहरुले एचआईभीसँग जुधिरहेकी महिलालाई यो रोगबाट मुक्त गराएका छन् । यो विश्वकै तेस्रो केस हो । यसअघि दुई जना पुरुष पनि यो रोगबाट निको भएका थिए । 

कसरी भयो उपचार ? 
वैज्ञानिकले नयाँ कोशिकाहरु प्रत्यारोपण गरेर एचआईभी संक्रमितको उपचार गरिएको हो । यो प्रक्रियामा डोनरले गर्भनालको रगत प्रयोग गरिएको थियो । उक्त रगतले स्टेम सेलहरु (स्टेम सेल एचआईभी संक्रमितको शरीरमा मरेका कोशिकाहरुलाई पुर्नजीवित गराउन मद्दत गर्छ ।) निकालिएको थियो । यसरी संक्रमित महिलाको उपचार भयो ।

परम्परागत उपचार पद्दतिमा बोन म्यारोमा स्टेम सेलहरु निकालिन्छ । तर, यो विधि संक्रमितका लागि खतरनाक हुन्छ । यो उपचार क्यान्सरका रोगी वा कुनै पनि उपचार गर्न नमिल्ने रोगीलाई गर्ने गरिन्छ । यसले एचआईभी संक्रमितको उपचार हुँदैन । यसका साथै, बोन म्यारोमार्फत गरिने उपचार पद्दतिमा डोनर र रिसिभरको कोशिकाहरु सही तरिकाले म्याच हुन आवश्यक छ । तर, अम्बिलिकल कोर्डमा यस्तो हुँदैन । यसमा डोनर र रिसिभरको रक्तकोशिकाहरु पूरै तरिकाले नमिले पनि कुनै समस्या हुँदैन । 

वार्षिक ५० जना निको हुन सक्ने 
उपचारबाट अमेरिकामा हरेक वर्ष ५० जना एचआईभी संक्रमित निको हुन सक्ने प्रक्षेपण गरिएको छ । महिलाको उपचारमा संलग्न डा. कोएन वेन बेसिनले नयाँ स्टेम सेल ट्रान्सप्लान्टको मद्दतबाट अमेरिकामा हरेक वर्ष ५० जना संक्रमित निको हुन सक्छन् । 

महिलामा क्यान्सर पनि 
महिलाका मातापिता फरक–फरक जातिका थिए । सन् २०१३ मा एचआईभी संक्रमित भएकी उक्त महिलालाई रगतको क्यान्सर भएको थियो । यसपछि ह्याप्लो कार्ड ट्रान्सप्लान्टमार्फत उनको उपचार भइरहेको थियो । उनीमा आंशिक रुपमा मिल्ने डोनर र उनका एक नजिकका नातेदार अम्बिलिकल कोर्ड रगतको मद्दत लिइएको थियो । सन् २०१७ मा महिलामा अन्तिम ट्रान्सप्लान्ट भएको थियो । तीन वर्षपछि डाक्टरहरुले उनमा उपचार गर्न बन्द गरे । सो समयदेखि महिला कुनै पनि भाइरसको सिकार भइनन्  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप