प्रचण्डको निर्णय वैधानिक छैन : नेता न्यौपाने
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले एमसीसीबारे अध्यक्ष प्रचण्डको निर्णयको वैधानिकतामाथि प्रश्न उठाएका छन् । पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेसँगै न्यौपानेले यस्तो बताएका छन् ।
‘हालको नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिको निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन । आज बिहान बसेको भनिएको बैठकको कुनै वैधानिकता छैन’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । उनले केन्द्रीय समितिले गर्ने निर्णयबाहेक अरु वैधानिक हुन नसक्ने पनि बताएका छन् ।
‘नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक पटक पटक स्थगित गरिएको छ । महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अवस्था छ । एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने अर्कोतिर एमसीसी जस्तो मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर बिषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने ?’, न्यौपानेले भनेका छन्, ‘माओवादी राष्ट्रघात गर्ने पार्टी होइन । माओवादी एकाध व्यक्तिको निजी क्लब होइन ।’ न्यौपानेले एमसीसी पास गर्न नहुने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण