अनुसन्धानलाई प्रभावित पर्ने गरी सामाजिक सञ्जालको दुरुपयोग नगर्न प्रहरीको आग्रह
प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले युट्युब तथा टिकटकमा लगायतका सामाजिक सञ्जालमा जथाभावी भिडियो नहाल्न आग्रह गरेको छ । शुक्रबार सूचना जारी गर्दै ब्यूरोले गम्भीर प्रकृतिका अपराधको अनुसन्धानलाई प्रभावित पार्ने गरी समाजिक सञ्जालमा जथाभावि भिडियो तथा पोष्ट नगर्न आग्रह गरेको हो ।
पछिल्लो समय कलाकार पल शाह प्रकरणमा युट्युव तथा टिकटकमा भिडियोहरू आइरहेका छन् । सोही प्रकृतिका भिडियोलाई संकेत गर्दै प्रहरीले यस्ता भिडियोले अनुसन्धानलाई प्रभावित पारिरहेको जनाएको छ ।
‘विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालहरुमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवं झुट्टा क्याप्सन राखी भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने, पीडितको गोपनीयताको हक हन्न गर्दै निजको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने किसिमका प्रवृत्ति देखिएको त्यस्ता क्रियाकलापहरू विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा सूचित गर्दै यस्ता प्रकारका गतिविधि नगर्नु हुन सम्पूर्णमा साइबर ब्यूरो अनुरोध गर्दछ,’ ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण