शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सबासँग विवाह गर्ने योजनामा ऋतिक ?

शनिबार, २१ फागुन २०७८, १० : ०७
शनिबार, २१ फागुन २०७८

ऋतिक रोशन र उनकी श्रीमती सुजेन खान छुट्टिएको धेरै समय भइसकेको छ । यसैबीच, ऋतिक रोशन र साबा आजाद एकसाथ देखिए र त्यसपछि दुईको  सम्बन्धको निकै खबर छ । खाना खानेदेखि किनमेलसम्ममा पपाराज्जीले दुई जनालाई एकैसाथ आफ्नो क्यामरामा कैद गरेका छन् ।

भनिन्छ, तीन महिनाअघि ऋतिक रोशन र साबा आजादबीच भेट भएको थियो र बिस्तारै दुई जनाले आफ्नो सम्बन्धलाई अगाडि बढाइरहेका छन्। मिडिया रिपोर्टअनुसार ऋतिकले साबासँगको आफ्नो सम्बन्धलाई अर्को तहमा लैजाने योजना बनाएका छन् । बलिउडलाइफका अनुसार यी दुई एकअर्काप्रति ुअत्यन्त गम्भीरु छन् र छिट्टै विवाह गर्ने योजनामा छन् ।

दुई जनासँग निकट रहेका एक मित्रले भारतीय मिडियासँग कुरा गर्दै भने, ‘ऋतिक साबालाई लिएर लागि एकदमै गम्भीर छन् । उनी यो सम्बन्धलाई अगाडि बढाउन चाहन्छन्। उनले विवाह गर्ने योजना छ ।  तथापि, अहिलेसम्म केही निर्णय गरिएको छैन ।’

उनले थपे, ‘दुई जना अत्यन्तै खुसी छन् र एकअर्कालाई अझ बढी चिन्न धेरै समय सँगै बिताइरहेका छन्। हालै मित्र फरहान अख्तर र शिबानी दान्डेकरको विवाहमा उपस्थित भएका ऋतिक निकै खुसी देखिन्थे ।’ ऋतिक भने आफ्नो सम्बन्धलाई मिडियाबाट टाढा राख्न चाहन्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप