कालिकोटका व्यापारी मृत्यु प्रकरण : सुर्खेतमा यातायात बन्द
सुर्खेतमा कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी)को शंकास्पद मृत्यु भएको बिषयलाई लिएर आइतबार यातायातका साधन बन्द गरिएको छ । मृतकका आफन्तहरुले यातायातका साधनसहित बजार बन्द गरेर सहयोग गरिदिन भन्दै माईकिङ् गरिरहेका हुन् । काँक्रेविहार यातायात प्रा.लिका अध्यक्ष रमेश सापकोटाले प्रदेश राजधानी वीरेन्द्रनगरदेखि छुट्ने सम्पुर्ण यातायातका साधन बन्द गरिएको रातोपाटीलाई जानकारी दिए ।
उनले भने,‘ बसपार्कका सबै ढोका बन्द गरिएका छन् । अरु भन्दा मान्छे आवत–जावत गर्ने ढोका समेत बन्द गरिएको छ । त्यो राम्रो होइन , आन्दोलनका नाममा सर्वसाधारण नागरिकलाई दुःख दिनु उपयुक्त होइन ।’
यातायातका साधन बन्द भएसँगै यात्रुहरु अलपत्र परेका छन् । नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदा गरेका हमालको प्रहरीको निर्घात कुटाइबाट मृत्यु भएको आफन्तको आरोप छ । यद्यपि, सुर्खेत प्रशासनले भने घटनाको छानविनका छानबिन समिति गठन गरेको छ। सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीमगर, अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएन सुर्खेत अध्यक्ष उत्तम प्रसाद आचार्य सदस्य रहेको छानबिन समिति गठन गरिएको छ। उक्त, समितिले ३ दिनभित्र छानविन गरेर प्रतिवेदन प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण