जातिय गीतमा सम्बन्धित् जातका कलाकारलाई गाउन लगाउनु जातिय विभेदको नमुना हो : शिव परियार
गायक शिव परियारले जातिय गीतहरूमा सम्बन्धित जातिका कलाकारलाई खोजेर गायनका लागि प्रस्ताव गर्नु पनि जातिय विभेदको नमुना भएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै गायक परियारले दुई शब्द जातिय सम्बन्धि गित लेखेर सम्बन्धित जातका कलाकार खोजेर गायनका लागि प्रस्ताव गर्नु र उनीहरुलाई मात्र संलग्न गराउन खोज्नु जातिय विभेदको नमुना भएको बताए ।
'जातिय विभेद उन्मुलन तथा जातिय समताका लागि दुई शब्द कोरिने वित्तिकै त्यसलाई स्वरांकन गर्नका लागि परियार, नेपाली, विश्वकर्मा नै थर भएका गायक गायिका मात्र खोजी गरी हिँड्नु र गायनका लागि प्रस्ताव गर्नु वा यस विषयमा सम्वद्ध गायनमा उनीहरुलाई मात्र संलग्न गराउन सोच राख्नु पनि जातिय विभेदकै एउटा सुषुप्त नमुना हो’, परियारले लेखेका छन्, 'जातिय समताका लागि जनचेतना जगाउन गीत गैर उत्पीडित भनेर चिनिएका सम्प्रदाय सम्बद्ध गायक गायिकाले गाउँदा झन यो विषयमा अझ जनचेतना फैलिन सक्दछ ।’ जातिय विभेद कुनै एक सम्प्रदायको समस्या नभएर देशकै विकासको बाधक बनेको भन्दै उनले यसलाई निर्मुल पार्न सवैले लाग्नु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण